बिर्तामोड / पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले कक्षा १२ उत्तीर्ण गरेका छन् । उनले  काठमाडौंको रवि भवनमा रहेको लिंकन स्कुलबाट कक्षा १२ को पढाई पूरा गरेका हुन् ।

पूर्व युवराज पारस शाहले फेसबुक मार्फत आफ्नो छोरो हृदयेन्द्र दीक्षित भएको भन्दै शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेका छन् ।  शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ ।

OM Sai Pathibhara Hospital

हृदयेन्द्रले काठमाडौंको रुपिज इन्टरनेश्नल र  लिंकन स्कूलमा अध्ययन गरेका हुन् ।   सन् २००२ मा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षको भएका छन् ।