काठमाडौं / सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीका बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए । बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो ।

OM Sai Pathibhara Hospital

कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीका विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो । त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको छ ।