बिर्तामोड / नेपालमा देशभर पछिल्लो २४ घण्टामा आठ हजार ५ सय २० जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर विधि र ५३० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ५ सय २० जना संक्रमित पुष्टि भएको हो। पिसिआर विधिबाट आठ हजार ४ सय ६७ जना र एन्टीजेन विधिबाट ५३ संक्रमित पुष्टि भएका छन्।

OM Sai Pathibhara Hospital

२४ घण्टामा २ सय ३ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ७ ३३६ हजार पुगेको छ।  ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६  हजार १३५ जना व्यक्ति निको भएका छन्।