बिर्तामोड / प्रभुदेवा निर्देशित सलमान खानको बहुप्रतिक्षित फिल्म  ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा प्रशारण सुरु भएको छ ।


OM Sai Pathibhara Hospital

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिको क्लियर टिभीमा फिल्म हेर्न पाइने भएको हो । कोरोनाको कारण यसपटकको ईदमा फिल्म रिलीज नहुने भएपछि ईन्टरनेटमा नै रिलिज भएको हो । 

निषेधज्ञाको समयमा घरमै रहेको अवस्थामा यसले केही हद सम्म मनोरञ्जन दिने टिभीले जनाएको छ । बिहिबार विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११९ (एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ ।