काठमाडौँ / नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने घोषणा गरेका छन् । 

जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिना भित्र नै सेवा सञ्चालन गरिने उनले जानकारी दिए ।  

OM Sai Pathibhara Hospital

उनले भने, “सेवा केन्द्रमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था हुने छ । निकट भविष्यमा पिसिआर मेसिन पनि राखिने छ । भविष्यमा कोभिड–१९ रोग नियन्त्रणमा आएपछि यो केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रका रूपमा रूपान्तरण हुने छ । विस्तृत जानकारी कामको स्थलगत प्रक्रिया शुरु भएपछि गराउने छु ।”

पूर्वमन्त्री बस्नेतले आफूसँग भएको एउटा गाडी (जीप)बाट सिन्धुपाल्चोकमा कोडिड–१९ या अन्य रोग लागेका बिरामीलाई अस्पताल पु¥याउन दिने निर्णय गरेका छन् ।  गाडी आफूले फिर्ता नलिने गरी प्रदान गरिने उनले बताए । 

उनका अनुसार बिरामीले कुनै पनि सेवा शुल्क तिर्नु पर्दैन ।  एउटा सञ्चालक समिति बनाएर सबै व्यवस्था गरिने छ । कोभिड–१९  संक्रमितहरु अस्पतालमा शय्या, अक्सिजन, भेन्टिलेटर, पर्याप्त विज्ञ र  स्वास्थ्यकर्मी नपाएर मृत्युवरण गर्न बाध्य भएका परिस्थितिमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उनले जनस्तरबाट पनि केही गर्नुपर्ने सोच राखी आफूले सो कार्य गर्न लागेको जनाए ।