धनुषा / प्रदेश २ सरकारले छुट्टै १०० शय्याको कोरोना अस्पताल निर्माण आजदेखि शुरु गरेको छ । जनकपुरधामको वडा नंं –१४ मुजेलियामा रोकिएर रहेको मणिपाल शिक्षण अस्पतालको भवनमा कोरोना अस्पताल बनाउन थालिएको हो । 

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर भगवान झाले अस्पताल बनाउन छोटो प्रक्रिया मार्फत टेन्डर आव्हान गरेको प्रदेश सरकारले दुई चरणमा निर्माण सक्ने योजना रहेको बताए।

OM Sai Pathibhara Hospital

बीस शय्याको आइसियु सहितको संरचना १५ दिनमा सक्ने लक्ष्य छ । तीन करोड २५ लाखमा बन्ने उक्त अस्पतालमा कोरोना सङक्रमितको सबै प्रकारका उपचारका सुविधाहरू रहने छ ।

जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले गृहकार्य थालीसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रादेशिक कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय एवम् मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा सो अस्पताल बनाउन लागिएको हो ।