ओखलढुङ्गा / उद्योग वाणिज्य सङ्घको कार्यालयलाई कोभिड अस्पताल बनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि सङ्घले आफ्नो कार्यालयलाई अस्पतालमा रुपान्तरण गरेको हो । 

सङ्घले कार्यालयमा दश आइसोलेशन श्यया राख्ने तयारी गरेको र ती श्ययाका लागि २५ अक्सिजन सिलिन्डर समेत खरिद गरिएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए । ती अक्सिजन  निःशुल्क सहयोग गरिने र  जिल्ला प्रशासन तथा सरोकारवालासँग समन्वय गरेर स्वास्थ्यकर्मीका सेवा दिने तयारी भएको उनले बताए  । 

OM Sai Pathibhara Hospital

जिल्लाका  प्रायः सङ्क्रमित  होम आइसोलेशनमै  छन् । सङ्क्रमितका सङ्ख्या बढ्दै जाँदा जिल्लामा आइसोलेशन र अक्सिजनको अभाव हुने जोखिम रहेको बताइएको छ  ।