काठमाडौं  / पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण भई १८ दिनदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत शाहको दुई दिनअघि गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ । पूर्वरानी कोमल शाहको भने स्वास्थ्यमा सुधार आएपछि आइसीयुबाट वार्डमा सारिएको छ।

OM Sai Pathibhara Hospital

उनको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । अहिले अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयुबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रासमेत घटाउँदै लगिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनको अवस्था अहिले सामान्य छ । पूर्वअधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।