काठमाडौँ / बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । 

ढाकामा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत डा वंशीधर मिश्रलाई ती सामग्री संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

OM Sai Pathibhara Hospital

बङ्गलादेशले बेक्सिमको फर्माबाट उत्पादित पाँच हजार थान रेम्डी सिभर, सुई तथा पिपिईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका ढाकास्थित नेपाली दूतावासले जनाएको छ । 

उक्त सामग्री आजै हिमालयन एयरलाइन्सबाट नेपाल पठाइने जनाइएको छ ।