विराटनगर /  प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै उच्च हो । गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो । 

सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, ते¥हथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३,  भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ । 

OM Sai Pathibhara Hospital

मोरंगको विराटनगरमा १२४ महिला र १७७ पुरुष सहित ३०१, सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा ३–३, धनपालथान, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ रहेका छन् ।

झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमल गाउँपालिकामा ७, बा¥हदशीमा ४, स्थानीय तह नखुलेका ३, स्थानीय हल्दिबारी र झापा गाउँपालिकामा २–२, शिवसताक्षी र गौरीगञ्जमा १–१ जना संक्रमित भएका छन् । 

सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशी गाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

त्यसैगरि उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीय तह नखुलेका ३–३,चौदण्डीगढी र कटारी २–२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीय तह नखुलेका १–१,  इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १–१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १,  भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३८ हजार ९२० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ३ सय २  संक्रमण मुक्त भएका छन् । आज ७० जना संक्रमण मुक्त भएका छन् । प्रदेश एकमा सक्रिय संक्रमितको संख्या ८ हजार ५० पुगेको छ । प्रदेश १ मा आज १ हजार ९ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३ सय ८७ महिला र ५ सय ५० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।