बिर्तामोड / झापाको मेचिनगर–१४ दुवागडीको मध्यम वर्गीय किसान परिवारमा जन्मेकी २१ वर्षिय प्रकृति कडरिया मनोरञ्जनको क्षेत्रमा पुर्वमा उदाउँदै गरेकी नवप्रतिभा हुन् ।

उनले त्रिकोण क्रु मिडियाबाट निर्मित टेलिशृंखला खै के खै के र गायक अनुप खतिवडाको स्वर रहेको के दिनमा आँखा जुध्यो बोलको गितमा अभियन गरिसकेकी छन् । अन्य केहि म्युजिक भिडियो र पुर्वमा हुने गरेका फेसन सो मा देखिने गरेकी कडरिया निर्माता र निर्देशकको रोजाईमा पर्न थालेकी छन् ।

OM Sai Pathibhara Hospital

५ फिट ७ ईन्च उचाई भएकी उनि मिस हेरिटेज नामको सौन्दर्य प्रतियोगिताबाट यो क्षेत्रमा प्रवेश गरेकी हुन् । सो प्रतियोगितामा उनले   मिस ट्यालेन्ट सहितका अवार्ड  हात पारेकी थिईन् ।

नृत्य अनि अभिनय सिक्दै गरेको बताउने उनले यो क्षेत्रमा लाग्नेहरुलाई समाजले हेर्ने नजर समेत फेरिदै गएकाले काम गर्न र अगाडि बढ्न सहज बन्दै  गएको बताएकी छन् । आफुलाई आवस्यक पर्ने हरेक कुरामा स्वयं निपूर्ण हुनु पर्ने मान्यता राख्ने उनले पछिल्लो समयमा सौन्दर्य कलाको तालिम लिइरहेको जानकारी समेत गराएकी छन् ।

महिला हिंसाका घटना प्रति महिला नै सचेत बन्नु पर्ने अनि आफ्नो सुरक्षा आफैंले गर्न सक्ने हुनु पर्ने भनाई राख्दै उनी भन्छिन्  – मलाई आफ्नो सुरक्षाका लागि आवस्यक पर्छ भनेर मैले आत्मरक्षाका लागि करिव १ वर्ष तेक्वान्दोको प्रशिक्षण समेत लिएको छु ।  

देवी माविबाट यसै वर्ष वाणिज्य संकायमा प्लस टु उत्तिर्ण गरेकी कडरियाले भविष्यमा मिस नेपाल र राम्रो नायिका बन्ने सपना आफुले बोकेको उल्लेख गरिन् । मनोरञ्जनको क्षेत्रमा रहेका महिला कलाकारको विषयमा आउने गरेका विवादास्पद कुरा अनि घटनाका विषयमा आफु जानकार रहेको बताउँदै उनी भन्छिन् – मैले आफु कहिल्यै त्यस्ता घटनामा नजोडिकन अरुका लागि प्रेरणाको स्रोत बन्ने अनि हुने गरी अभिनय र कला क्षेत्रमा काम गर्ने छु ।

कला क्षेत्रमा आउनका लागि अनेकौं सम्झौता गर्नु पर्ने कुरा साँचो नभएको तर्क गर्दै उनी भन्छिन् – आफुले जान चाहेको क्षेत्रमा आवस्यक पर्ने ज्ञान , सिप र क्षमता छ भने कोहि सँग कुनै पनि खालको सम्झौता नै गर्नु पर्दैन । आफुमा ति कुरा छैन भने मात्रै त्यस्तो हुन सक्छ । मेरो हकमा भन्ने हो भने अहिले म सिकाईको क्रममा नै छु आवस्यक सवै कुरामा म आफुलाई निखार्ने छु । अनि मात्रै पूर्णकालिन रुपमा काम गर्ने छु ।

प्रेम विनाको मान्छे नहुने बताउँदै उनी भन्छिन् – प्रेमका अनेक रुप हुन्छन्, प्रेम भनेको आत्मा बीचको मिलन हो । आफुलाई अहिले सम्म प्रेम प्रस्ताव नआएको भन्दै उनी मनका कुरा यसरी व्यक्त गर्छिन् – कहिले काहिँ एक्लै हुँदा साथीहरुका अफेयर सम्झिन्छु अनि लाग्छ मलाई चाही किन कोहीबाट प्रेम प्रस्ताव नआएको होला ?

प्रेम प्रस्ताव आए के गर्नु हुन्छ भन्ने प्रश्नमा उनी भन्छिन् – अहिले मेरो पढ्ने र आफ्नो करियर बनाउने समय र उमेर भएकाले सहज रुपमा अस्वीकार गरिदिन्छु ।  

आफुलाई यो क्षेत्रमा प्रवेश गर्न आमा – बुवाको पुर्ण साथ , सहयोग , समर्थन र हौसला पाएकाले आफुले अभियन सहित अन्य आवस्यक कुरामा तयारी गरीरहेको बताउँदै उनले भविष्यमा राम्रो कलाकार बनेर यो देश र समाजका लागि योगदान गर्ने आफ्नो सपनालाई साकार बनाउन सबैबाट सहयोग र हौसला प्राप्त हुनेमा विस्वास समेत व्यक्त गरेकी छन् ।