मिती २०७८ वैशाख १५ गते तद्अनुसार सन् २०२१ अप्रिल २८ तारिख बुधबार बैशाख कृष्णपक्षको प्रतिपदा तिथि ७ः३३ पर द्वितीया तिथि विशाखा नक्षत्र व्यतिपात योग तैतिल करण आनन्दादिमा धाता योग चन्द्रमा तुला राशिमा १४ः४० बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ ।  ल.पु. मत्स्येन्द्रनाथ स्नान, विशालनगरमा वैष्णवीदेवी यात्रा ।

मेष – पूर्वार्द्ध बढी राम्रो र उत्तरार्द्ध मध्यम रहनेछ । जोखिममा नपर्नु हितकर होला । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभता बढ्ला । आँट उत्साह पनि बढ्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्छ । 

OM Sai Pathibhara Hospital

बृष – समय उत्तम छ । मान महत्व बढ्नेछ । सुख शान्ति बढ्नेछ । यात्रा होला । धन समृद्धि बढ्नेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आफन्तको सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ख्याति फैलिनेछ ।

मिथुन – अनुकूल समय छ । आरोग्यत बढ्नेछ । सुख समृद्धि बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । पढाइलेखाइमा रुचि बढाउनु पर्ला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । मित्रजनसितको सम्बन्धमा सुधार आउनेछ ।

कर्कट – प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ र सन्तान सुख मिल्नेछ । आयस्रोत बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । गौरव बढ्ला । 

सिंह – सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आंट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रा परक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । 

कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मित्रवर्ग र सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । 

तुला – समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्दा शुभ होला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । मिठो भोजन मिल्नेछ । गोप्य काम बन्नेछ । जोखिम बढ्न सक्छ । ख्याति फैलिनेछ । 

वृश्चिक – कार्यमा सफलता मिल्ने । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र, दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । 

धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर – उन्नति पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसे राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला ।

कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन मिल्नेछ । भोगविलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुहोला ।

मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । दौडधुप भने जारी रहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।