काठमाडौं / त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । नेपालको जितमा करण केसीको आक्रामक ब्याटिङ रहँदा  सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९।१ ओभरमा १४८ रनमै अलआउट भयो ।

OM Sai Pathibhara Hospital

नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामछानेले ३–३ विकेट लिए । सुशन भारीले १ विकेट लिएका थिए । करणले ४ ओभरमा २७ रन खर्चिए पनि विकेट लिन भने सकेनन् ।

चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले उपाधिका लागि शनिवार नेदरल्याण्ड्सको सामना गर्दै ।