मिती २०७८ वैशाख ९ गते तद् अनुसार सन् २०२१ अप्रिल २२ तारिख बिहीबार चैत्र शुक्लपक्ष दशमी तिथि मघा नक्षत्र गण्ड योग तैतिल करण आनन्दादिमा मुशल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । अन्तर्राष्ट्रिय पृथ्वीदिवस ।

मेष – मानपुरस्कार मिल्ला । आरोग्यता र प्रसन्नता बढ्नेछ । सुख शान्तिमा बृद्धि हुनेछ । आय बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला ।

OM Sai Pathibhara Hospital

बृष – आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । विवाद आदिदेखि सचेत भइ आफ्नै बलविवेकले काम गर्नु हीतकर रहला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । 

मिथुन – भागदौड व्यस्तता बढ्ला । जोखिममा नपर्नु बेस होला । सोचीविचारी काम गर्नु पर्ला । आशा उत्साह बढ्ला, नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनु पर्ला ।

कर्कट – मान पुरस्कार मिल्नेछ । आय वृद्धि होला । कर्मयोगी रहनुहुनेछ । यश वर्चश्वमा वृद्धि हुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । 

सिंह – मान महत्व पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – व्यस्तता र खर्च बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । 

तुला – धनको आगमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला ।

धनु – धर्मपथमा सफलता मिल्नेछ । उन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु होला । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ ।