मिती २०७८ वैशाख ८ गते तद्अनुसार सन् २०२१ अप्रिल २१ तारिख बुधबार चैत्र शुक्लपक्ष नवमी तिथि अश्लेषा नक्षत्र शूल योग बालब करण आनन्दादिमा राक्षस योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । श्रीरामनवमी व्रत, श्रीरामजयन्ती, श्रीराम यात्रा, छन्द दिवस ।

मेष – रोकिएको काम बन्नेछ । आरोग्यता बढ्ला । सुख सम्पति मान महत्त्व बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । 

OM Sai Pathibhara Hospital

बृष – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । आरोग्यता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द प्राप्त हुनेछ ।

मिथुन – यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्ला । कार्यव्यापारमा प्रगति होला ।

कर्कट – आयस्रोत बढ्नाले आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्व बढ्ला । भोज भत्तेरमा भाग लिनुहुनेछ । आरोग्यता बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

सिंह – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला ।

कन्या – समस्या समाधानका लागि विवाद आदिमा पर्नुबाट बच्नुहोला । शुभ काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला । भ्रमण होला । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । 

तुला – शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । 

वृश्चिक – धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ ।

धनु – सुख र सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । 

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला । 

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । 

मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ ।