काठमाडौं / नेपाली क्रिकेटर कुशल भुर्तेलले लगातार तेस्रो टी–२० क्रिकेटमा अर्धशतक प्रहार गर्दै कीर्तिमान रचेका छन् ।

नेदरल्यान्ड्सविरुद्धको तेस्रो खेलमा १३औँ ओभरको अन्तिम बलमा अर्यान दत्तको बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए । करिअरको पहिलो ३ टी–२० म्याचमा लगातार अर्धशतक प्रहार गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । कुशलले आजको खेलमा १ छक्का र ८ चौकाको मद्धतमा ६२ रनको पारी खेले ।

OM Sai Pathibhara Hospital

आजको खेलमा अर्धशतक बनाएका कुशल टी–२० क्रिकेटमा लगातार ३ अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । उनले यसअघि नेदरल्यान्डविरुद्ध ६२ र मलेसियाविरुद्धको खेलमा नटआउट ६१ रनको पारी खेलेका थिए । अन्तर्राष्ट्रिय टी–२० मा लगातार अर्धशतक प्रहार गर्ने खेलाडीको रेकर्ड न्युजिल्यान्डका ओपनर ब्रेन्डन म्याकुलम र वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलको नाममा रहेको छ । उनीहरुले लगातार ४ अर्धशतक प्रहार गरेका छन् ।