विराटनगर / पूर्वाञ्चल विश्वविद्यालयमा जारी परिक्षामा एक विषयको प्रश्नपत्र परिक्षा अघि नै सार्वजनिक भएको छ । केहि दिन अघि इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमेस्टरको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षाभन्दा अघि नै बाहिरिएको थियो।
सो विषयमा प्रहरीले कही लाई पक्राउ गरी अनुशन्धान गरिरहेको समयमा फेरि इन्जिनियरिङ संकायकै दोस्रो सेमिस्टरको हाइड्रोलिक विषयकोे पनि प्रश्नपत्र सार्वजनिक भएको बताईएको छ ।

विश्वविध्यालयको गोप्य शाखाका कर्मचारीकै संलग्नतामा प्रश्नपत्र सार्वजनिक भएको आशंकामा प्रहरीले अनुशन्धान गरिरहेको विश्वविध्यालय स्रोतले जानकारी गराएको छ ।