मिती २०७८ वैशाख ६ गते तद्अनुसार सन् २०२१ अप्रिल १९ तारिख सोमबार चैत्र शुक्लपक्षको सप्तमी तिथि पुनर्वसु नक्षत्र सुकर्म योग गर करण ३ः७ पर भद्रा करण आनन्दादिमा धुम्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । 

मेष – नयाँ सम्भावना देखापर्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ भने शुभता बढ्ला । आँट उत्साह पनि बढ्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलतादायक रहनेछ । 

OM Sai Pathibhara Hospital

बृष – मान महत्व बढ्नेछ । सुखशान्ति मिल्नेछ । यात्रा होला । धन, समृद्धि र आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आफन्तको सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ख्याति फैलिनेछ ।

मिथुन – आरोग्यता बढ्नेछ । सुख समृद्धि बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । पढाइ लेखाइमा रुचि बढाउनु पर्ला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । इष्टमित्रसितको सम्बन्धमा सुधार आउनेछ । प्रेमपात्रसितको सम्बन्ध पनि बलियो बन्नेछ । परिश्रमले सफलता पाउनुहुनेछ ।

कर्कट – आयस्रोत बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख–सुविधाको वस्तु बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । गौरव बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी लगाइएको धन उठ्ला । धन सम्पत्ति बढ्नेछ । 

सिंह – सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कन्या – शुभ र भाग्यबर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मित्रजन र सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ ।

तुला – समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्दा शुभ होला । ठगी तथा विश्वासघात हुन सक्छ, सचेत रहनुपर्नेछ । जोखिम बढ्न सक्छ तर गोप्य काम बन्नेछ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुहोला । 

वृश्चिक – कार्यमा सफलता मिल्ने र विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्व पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । यात्रापरक कार्यमा सफल हुनुहुनेछ । 

धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर – उन्नति पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला ।

कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनुपर्ला ।


मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भइरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ ।