मिती २०७८ वैशाख ५ गते आइतबार तद्अनुसार सन् २०२१ अप्रिल १८ तारिख चैत्र शुक्लपक्षको षष्ठी तिथि आर्द्रा नक्षत्र अतिगण्ड योग कौलव ०ः१९ पर गर करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ ।भ।पु।भैरवभद्रकाली रथयात्रा समापन, दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस, टोखा चण्डेश्वरी मूल रथयात्रा, मध्यपुर ठिमी बालकुमारी यात्रा ।

मेष – समय शुभ फलदायी रहनेछ । शुभ र भाग्यवद्र्धक काम बन्नेछन् । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । विलासमा रुचि बढ्ला । मान सम्मानमा ध्यान राख्नुपर्ला । हुन त घरपरिवारको स्थिति अनुकूलै रहला । यात्रामा सफलता मिल्नेछ । विकासको बाटो देखापर्ला । सुख–सुविधाको बस्तु बढ्नेछन् । विकासको नयाँ सम्भावना देखापर्नेछ ।

OM Sai Pathibhara Hospital

बृष – अन्नधन बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्ने छ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । 

मिथुन – नयाँ–नयाँ सफलता मिल्नेछ । साहसिक क्षेत्रसित सम्बन्धित काम बन्ला । मान महत्व धन–सम्पत्ति सुख–समृद्धि बढ्नेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । 

कर्कट – ग्रहगोचर भाग्यवर्धक छ ।सन्तान सुख बढ्नेछ । शुभ कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ । मान सम्मान बढ्ने र ख्याति फैलिने छ । आरोग्यता बढ्नेछ । विकासको नयाँ बाटो देखा पर्ला । सुखशान्ति बढ्नेछ । हरेक प्रकारले कल्याणले बाटोमा लागिपर्नुहुनेछ ।

सिंह – कुनै प्रकारको जोखिम नउठाउनु होला । स्वास्थयमा सचेत रहनु पर्ला । नियम कानुनलाई उपेक्षा गर्नु उचित हुने छैन । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीसँगको व्यवहारमा नम्रता राख्नु होला । चोरी ठगी विश्वासघाती प्रति सचेत रहनुपर्नेछ । विवाद आदिप्रति सचेत रहनुपर्नेछ । व्यस्तता बढ्ला ।

कन्या – सुख–समृद्धि धन यश बढ्नेछ । आरोग्यता बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सहयोग र सुख पाउनुहुनेछ । रस रागमा आकर्षण गर्नेछ । मान प्रशंसा होला । 

तुला – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बलियो बन्ने छ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि पनि बढ्नेछ । 

वृश्चिक – आजको समय प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । 

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । खर्च बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिमा पार्नु उचित हुने छैन । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमाथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशन सित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ नयाँ काम बन्ला । 

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्व पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजय पथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।