मिती २०७८ वैशाख ४ गते शनिबार तद्अनुसार सन् २०२१ अप्रिल १७ तारिख चैत्र शुक्लपक्ष पञ्चमी तिथि मृगशिरा नक्षत्र शोभन योग कौलव करण आनन्दादिमा वज्र योग चन्द्रमा वृष राशिमा १०ः२० पर मिथुन राशिमा भ्रमणशील रहनेछ । भ.पु. छुमा गणेशयात्रा ।

मेष – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । आशा उत्साह थपिनेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ ।

OM Sai Pathibhara Hospital

बृष – उन्नति हुनेछ । मान महत्व बढ्ला । बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व र शुभता बढ्ला । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । शुभ काममा प्रवृत्ति बढ्ला ।  ।

मिथुन – समय शुभ फलदायक छ । मिठो भोजन मिल्नेछ । आरोग्यतामा वृद्धि होला । कर्मपथमा सफलता प्राप्त होला । मित्रजन बढ्लान् । धन सम्पत्ति र कार्यव्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै सुख बढ्ने छ, तथापि धैर्य र विवेकले काम गर्नु बेस होला । 

कर्कट – हांसविलासमा रुचि बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्ला ।

सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता र सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ने योग छ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।

कन्या – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । 

तुला – भागदौड रहला । यात्रा होला । सुख आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । 

वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिम लिने काम नगर्नु होला ।

धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ ।

मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रु परास्त गर्ने क्षमता बढ्नेछ । सुखशान्ति मिल्नेछ । मिष्टान्न भोजनको संयोग जुर्ला । हांसविलासमा रुचि बढ्नेछ । मनोकूलको काम होला । सभासमारोहमा मान मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्नेछ । मित्रमिलन हुनेछ ।

मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।