मिती २०७८ वैशाख २ गते बिहीबार तद्अनुसार सन् २०२१ अप्रिल १५ तारिख चैत्र शुक्लपक्ष तृतीया १३ः२२ पर चतुर्थी तिथि कृतिका नक्षत्र आयुष्मान योग वणि करण आनन्दादिमा लुम्ब योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ ।  गौरीव्रत, भ।पू।मा महाकाली महालक्ष्मी यात्रा, टोखा चण्डेश्वरी मूलरथयात्रा, मध्यपुरठिमाी बालकुमारी यात्रा ।

मेष – मान गौरव बढ्नेछ । सार्वजनिक स्तरमा सम्मान प्राप्त होला । आयस्रोत बढ्ला । घरपरिवारको साथ मिल्नेछ । मान प्रसिद्धि बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ । मिठो भोजन मिल्नेछ । धनको आगमन हुनेछ । यात्रामा सफलता मिल्नेछ ।

OM Sai Pathibhara Hospital

बृष – आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । अन्नधन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ ।

मिथुन – प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति–पदोन्नति हुनेछ । हाकिमको साथ प्राप्त हुनेछ । सुखशान्ति ऐश्वर्य बढ्ला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । 

कर्कट – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर होला । मिठो भोजन मिल्नेछ । आनन्द बढ्नेछ । मा आरोग्यतामा ध्यान राख्नुपर्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । दूरदेशको काम बन्नेछ ।

सिंह – सुख समृद्धि बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता प्राप्त होला । ऋण रोग र शत्रुप्रति विजय होला । स्वास्थ्यमा सुधार होला । लापर्वाही नगर्दा हितकर होला । अरुको भरमा नबस्नु बेस हुनेछ । रोकिएको धन उठ्नेछ ।

कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछन् । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । 

तुला – यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यवर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।

वृश्चिक – प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग पाउनुहुनेछ । 

धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने अवस्थाबाट बच्नुहोला । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नुहोला । रसविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । 

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । 

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । 

मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन प्राप्त होला । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखी र सफल रहनुहुनेछ ।