मिती २०७७ चैत्र २९ गते आइतबार तद्अनुसार सन् २०२१ अप्रिल ११ तारिख चैत्र कृष्णपक्ष चतुर्दशी तिथि ६ः५ पर अमावश्या तिथि उत्तराभाद्रपद नक्षत्र ९ः६ पर रेवती नक्षत्र ऐन्द्र योग चतुष्पाद करण आनन्दादिमा स्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । दर्शश्राद्ध, घोडेजात्रा, निशिबार्ने, भद्रकाली पीठमा लिङ्गो पठाउने ।

मेष – खेलकुद र भ्रमणमा रुचि होला । खर्च बढ्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । दौडधुप चल्नेछ । जोखिममा नपर्नु बेस रहला । ठूलो रकमको लगानीमा सचेत रहनुपर्ने छ ।

OM Sai Pathibhara Hospital

बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । 

कर्कट – धर्मकर्ममा रुचि बढ्ला । भागदौड लागि रहनेछ । समस्याको समाधान प्राप्त होला । विवादमा नपर्नु हितकर होला । आफ्नै बल विवेकले काम गर्नु हीतकर होला । शुभ र भाग्यवर्धक काम बन्नेछ ।

सिंह – ऋण रोग र शत्रुप्रति जित होला । अस्तव्यस्ततामा कमी हुनेछ । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।

कन्या – मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।

तुला – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । 

वृश्चिक – समय अनुकूल फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ । विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । 

धनु – धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । 

मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अ

कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । 

मीन – आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ ।