दमक / प्रज्ञा प्रतिष्ठान दमकले साहित्यिक गतिविधि समेटेर एकैसाथ दुई कृति प्रकाशन गरेको छ ।  

प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा  धनकुटे कान्छा सम्पादक रहेको ‘दमक बालज्योति’ र उपप्राध्यापक धनञ्जय बाँस्कोटा सम्पादक रहेको ‘दमक ज्योति’ को नगर प्रमुख रोमनाथ ओलीले लोकार्पण गरेका छन् । 

OM Sai Pathibhara Hospital

प्रतिष्ठानले प्रकाशन गरेका ती कृतिमा क्रमशः बाल साहित्य र  अर्कामा दमकसहित देशैभरिका साहित्यिक गतिविधि समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले बताए ।  

बालज्योतिबारे मिश्र वैजयन्ती र दमक ज्योतिबारेमा साहित्यकार लीला अधिकारीले समीक्षा गरेका थिए ।