काठमाडौं / नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टीको समानान्तर गतिविधि थालेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन घोषणा गर्दै समहासचिव बाहेक सबै पद खारेज गरेपछि नेपाल समूहले समानन्तर कमिटी बनाएको छ ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले सात प्रदेशका इन्चार्ज तथा अन्य मोर्चाको इञ्चार्ज तोकेको छ ।
जिम्मेवारी पाएका प्रदेश इञ्चार्जहरु
प्रदेश १ – भीम आचार्य
प्रदेश २ – घनश्याम भुसाल
वागमती प्रदेश –अष्टलक्ष्मी शाक्य
गण्डकी प्रदेश – सुरेन्द्र पाण्डे
लुम्बिनी र कर्णाली प्रदेश – युवराज ज्ञवाली
सुदूरपश्चिम प्रदेश – भीम रावल
युवा इन्चार्ज – रघुजी पन्त
विद्यार्थी – गोकर्ण विष्ट
बुद्धिजीवी – प्रमेश हमाल
प्रचार विभाग प्रमुख – योगेश भट्टराई