बिर्तामोड/ नेपालमा पहिलोपटक हुनलागेको अन्तराष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिताको तयारी सुरु गरिएको छ । एमसी ग्ल्यामर इन्टरटेण्टमेन्ट धरानको आयोजनामा  ‘मिस लुमियर २०२१’ सौन्दर्य प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिताका बिजेतालाई नगद एक लाख रुपैयाँका साथै हङकङ र सिङ्गापुरमा आयोजना हुने अन्तराष्ट्रियस्तरको मिस लुमियर इन्टरनेशनल प्रतियोगितामा भागलिन पाउने आयोजकले बताएको छ ।

OM Sai Pathibhara Hospital

नेपाललाई अन्तराष्ट्रियस्तरमा चिनाउने हेतुका साथ यो प्रतियोगिता आयोजना गर्न लागेको र काठमाडौँ केन्द्रमा हुने कार्यक्रम धरानमै गर्न लागेको कार्यक्रम सञ्चालिका सरला श्रेष्ठले जानकारी दिइन् । उक्त कार्यक्रमको फाइनल मा एकजना विदेशकै जज ल्याउने र अन्य नेपालकै रहने समेत बताइन् । 

प्रतियोगिताको अडिसन नेपालको आठ सहरमा आयोजना हुने छ । काठमाडौं, पोखरा, हेटौंडा, दमक, इलाम, धनकुटा, इटहरी र फाइनल धरानमा हुने छ ।  विशेषतः चैतको दोस्रो सातादेखि अडिसन थालिने र जेठ १ गते फाइनल प्रतियोगिता आयोजना हुने साथै वैशाख २ गतेदेखि एक महिनाको तालिमपश्चात् फाइनल प्रतियोगिता आयोजना हुने सञ्चालिका श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगिताका लागि १८ देखि ३० वर्ष उमेर समूहका युवतीले भाग लिन पाउनेछन् भनने ५ फिटदेखि माथि उचाइ भएको हुनुपर्नेछ ।