काठमाडौं / स्पानिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुने भएको छ ।

विल्वाओले दोस्रो सेमिफाइनलमा लेभान्टेलाई समग्रमा ३(२ ले पराजित गर्दै बार्सिलोनासँग फाइनलमा भेट पक्का गरेको हो ।

OM Sai Pathibhara Hospital

विल्वाओले दोस्रो लेगमा लेभान्टेलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो । पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो ।

खेलको १७औं मिनेटमा रोजरले गोल गर्दै घरेलु मैदानमा लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३०औं मिनेटमा राहुल गार्सियाले विल्वाओका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटसम्मको खेल १–१ को बराबरी भएपछि समग्रमा खेल २–२ को अवस्थामा पुग्यो । त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा विल्वाओका लागि एलेक्स बेरेनगाउरले निर्णायक गोल गरे । उनले ११२औं मिनेटमा गोल गर्दै विल्वाओलाई जिताए ।

अब बार्सिलोना र विल्वाओबीचको फाइनल खेल १७ अप्रिलमा सेभियाको मैदानमा हुनेछ । त्यसअघि विल्वाओले गत सिजन स्थगित भएको कोपा डेल रेकै फाइनलमा रियल सोसिडाडसँग ४ अप्रिलमा खेल्नेछ ।