काठमाडौं / नायिका प्रियंका कार्की आफ्नो जन्मदिन र बिहेको पहिलो उत्सव मनाउन माल्दिभ्समा पुगेका छन् । प्रियंका आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा गएकी हुन् ।

माल्दिभ्समा प्रियंकाले शनिबार आफ्नो जन्मदिन मनाएकी छिन् । प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर समेत सार्वजनिक गरेका छन् ।

OM Sai Pathibhara Hospital

माल्दिभ्समा पुगेकी नायिका कार्कीको यतिबेला मिडियामा फेरि चर्चा भएको छ । प्रियंकाले सामाजिक सञ्जालमा विभिन्न तस्विर सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको विभिन्न तस्वीरमा उनी राम्री र विन्दास मुडमा देखिएकी छिन् ।

प्रियंका बसेको माल्दिभ्सको होटलले सार्वजनिक गरेको तस्वीरमा उनी हट अवतारमा देखिएकी छिन् । प्रियंका बेला–बेलामा पहिरनकै कारण चर्चामा आउने गरेकी छिन् । उनको यसपटक पनि पहिरनकै चर्चा भएको छ । प्रियंका चर्चामा रमाउन चाहने नायिका हुन् । बिहेपछि उनको चर्चा सेलाएको थियो ।

प्रियंका र आयुष्मानले बिहे गरेको एक बर्ष पुरा भएको छ । उनीहरु गतबर्षको फागुण १६ गते बैबाहिक जीवनमा बाँधिएका थिए । प्रियंका र आयुष्मानको बिहे भएको एक महिना नवित्दै कोरोना महामारीका कारण लकडाउन भएको थियो । प्रियंकाले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् ।