बिर्तामोड। अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई काठियावाडी’ को कारणले चर्चामा रहेकी छन् ।

निर्देशक सञ्जयलीला भञ्सालीले फिल्मको टीजर आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका थिए । जसमा रहेको आलियाको लुक्स निकै मन पराइएको थियो ।

OM Sai Pathibhara Hospital

अहिले अभिनेत्री आलियाले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेको छ । आलियाले फिल्मका न्यु पोस्टर शेयर गर्दै फ्यानलाई अन्यवाद समेत दिएकी छन् । ‘तपाईहरुले गंगुलाई निकै माया दिनुभयो । त्यसको लागि धन्यवाद’ आलियाले लेखेकी छन् ।