बिर्तामोड। क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुद पनि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा बराबरी खेलेको छ ।

शनिबार रातिको खेलमा साविक विजेता युभेन्ट्सले हेलास भेरोनासँग १–१ को बराबरी खेल्दै अंक बाडेको हो । भेरोनाको मैदानमा भएको खेलमा रोनाल्डोले एक गोल गरे । भेरोनाका लागि एन्टोनिन बाराकले एक गोल फर्काए ।

OM Sai Pathibhara Hospital

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औँ मिनेटमा रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । ७७औँ मिनेटमा एन्टोनियो बाराकले गोल गर्दै हेलास भेरोनालाई हारबाट जोगाए ।

बराबरीसँगै युभेन्ट्सले शीर्ष स्थानको टोलीसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ । लिगमा २३ खेल खेलेको युभेन्ट्सको ४६ अंक छ । पराजित भेरोना ३५ अंक जोडेर नवौँ स्थानमा रहेको छ ।