आज वि.सं.२०७७ फाल्गुण १५ गते तद्अनुसार सन् २०२१ फरवरी २७ तारिख शनिबार माघ शुक्लपक्ष पूर्णिमा तिथि मघा नक्षत्र सुकर्म योग बालब करण आनन्दादिमा पद्म योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । आज श्रीस्वस्थानी व्रत समाप्ति, माघ स्नान समाप्ति, माघयात्रा, झापामा कीचकबध मेला ।

मेष – आरोग्यता बढ्ला । सुख समृद्धि बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । भाग्योदय कारक काम बन्नेछ । वार्तामा सफलता प्राप्त होला । मान पुरस्कार प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आयातनिर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।

OM Sai Pathibhara Hospital

बृष – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य धन यश मान महत्व बढ्ला । उन्नति पदोन्नति हुनेछ । गौरव वृद्धि होला । आफन्तको सहयोग मिल्नेछ ।

मिथुन – दिन शुभ र भाग्यबर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्ला । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

कर्कट – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित रहला । देखा परेको समस्याको समाधान खोज्नुहुनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

सिंह – दिन लाभदायक र उन्नतिकारक रहला । धन मान सुख समृद्धि बढ्नेछ । यात्रा परक काम बन्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साथीभाइको साथ प्राप्त होला ।

कन्या – मनोकूलको काम बन्नेछ । आर्थिक क्षेत्रसित कार्यमा सफलता मिल्नेछ । पारिवारिक पक्षसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्व बढ्ला । सुख शान्ति मिल्नेछ ।

तुला – यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति मिल्ला । उन्नति पदोन्नति हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आनन्दित रहनुहुनेछ ।

वृश्चिक – दिन मिश्रित फलदायक रहला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भुलचुकप्रति सचेत रहनुपर्नेछ । हांसविलासमा रुचि बढ्नेछ । खर्च र लगानी बढ्ला । योजना र बजेट बनाई कार्य गर्नु हितकर रहला । नियमकानूनलाई उपेक्षा गर्नु उचित हुनेछैन । जोखिममा नपर्नु बेस रहला ।

धनु – सुख समृद्धि मान यश महत्व बढ्ला । मिठो भोजन मिल्नेछ । अन्न धन बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै लगानी लगाइएको धन उठ्ला । साझेदारीको काम बन्नेछ । जीवनसाथीको पनि सहयोग समर्थन मिल्नेछ ।

मकर – आरोग्यता बढ्ला । मनोकूलको काम बन्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक प्रगति पनि हुनेछ । मान महत्व बढ्नेछ । विजयश्री मिल्नेछ । राजकीय कार्य बन्ला ।

कुम्भ – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । यात्रा होला । धर्म कर्ममा रुचि बढ्ला । ख्याति फैलिनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मीन – धनसम्पति बढ्ला । उन्नति पदोन्नति हुनेछ । आशा उत्साह बढ्ला । यात्रापरक काम बन्नेछ । सुख शान्ति समृद्धि बढ्नेछ ।