काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन् । उनी ‘एञ्जल मारीया सिनेमाज’को ब्यानरमा निर्माण हुने फिल्ममा हालै आवद्ध भएको उनी निकट स्रोतले जनाएको छ ।

दक्षिण भारतीय फिल्मको नाम ‘थिरीमाली’ राखिएको छ । उक्त फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

OM Sai Pathibhara Hospital

यस्तै माओत्से गुरुङसहित अन्य केही कलाकारको समेत अभिनय रहने जनाइएको छ । यद्यपि फिल्ममा नेपाली कलाकार को को रहने भन्ने अझै फाइनल भइनसकेको स्रोतले जनाएको छ ।

नेपालमा समेत छायांकन गरिने यो फिल्ममा स्वस्तिमाको भूमिका कति रहने भन्ने पनि खुलाइएको छैन ।

यसअघि पनि स्वस्तिमाले एक अङग्रेजी फिल्ममा अभिनय गर्ने कुरा पक्का भइसकेको छ । उक्त फिल्ममा स्वस्तिमाले भुटानी शरणार्थीको भूमिका निभाउँदैछिन् । यसबारेमा स्वस्तिमाले आफै स्पष्ट पारेकी हुन् ।