काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेसँगै आज सो ठाउँमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।