बिर्तामोड । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको बचाउमा नेकपाको ओली समूहका कार्यकर्ताले शुक्रबार झापाका प्रमुख सहरहरुमा प्रर्दशन गरेका छन् । झापाको बिर्तामोड र दमक लगायतका सहरमा सो समुहका कार्यकर्ताले मार्च पास सहित ओलीको संसद विघटन गर्ने निर्णयको बचाउ गरेका हुन् ।  

बिहान बिर्तामोडमा सयौंको संख्यामा ओली समुहका नेता तथा कार्यकर्ताले मार्च पास गरेका हुन् । शहरका मुख्य भागको परिक्रमा पछि मुक्ति चौकमा कोण सभा गर्दै प्रधानमन्त्रीको निर्णयको उनीहरुले बचाउ गरेका थिए । कोणसभालाई छवी चुँडाल , मनोज लिम्बु , दिपेन पोमु र घनश्याम अधिकारी लगायतले संवोधन गरेका थिए । 

OM Sai Pathibhara Hospital

झापाकै दमकमा पनि ओली समुहले प्रधानमन्त्री ओलीको निर्णयको बचाउमा मार्च पास गरेका छन् । दमकमा पनि सयौंको संख्यामा उपस्थित ओली समुहका कार्यकर्ताले नगरपरिक्रमा गरेका थिए । नगरपरिक्रमा पछि आयोजित कोणसभालाई सम्वोधन गर्दै बक्ताहरुले प्रधानमन्त्रीको कदमको बचाउ गरेका थिए ।