काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरुले समानान्तर सत्ता सिर्जना गर्ने स्थिति आएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।
सरकारले तीन वर्ष पूरा गरेको अवसरमा सरकारले हासिल गरेका उपलब्धिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारा सिर्जना गरेर सरकार सञ्चालन गरेको बताए ।
झण्डै दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति भोग्नुपरेको भन्दै प्रधानमन्त्री ओलीले सरकार काम गर्नै नसक्ने अवस्था सिर्जना भएको बताए ।
संवैधानिक नियुक्तिमा अवरोध सिर्जना भएको पनि प्रधानमन्त्री ओलीले बताए । उनले आफ्नै पार्टीका नेताले नियुक्तिमा अवरोध पुर्याएको बताए ।