काठमाडौँ । ललिता निवास प्रकरणको बहुचर्चित मुद्दामा नेकपा प्रचण्ड समूहका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबारे प्रमाण बुझ्न सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ।
अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उक्त मुद्दाबारे प्रमाण बुझ्न आदेश दिएको हो।
ललिता निवाससम्बन्धी मुद्दामा विभिन्न अभियुक्तका साथ माधवकुमार नेपाललाई समेत मुद्धा चलाउनु पर्ने माग गर्दै अधिवक्ता न्यौपानेले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।