बिर्तामोड। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले बिहीबार दिउँसो गिरफ्तार गरेको छ ।  झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप छ । उनलाई राज्य विरुद्धको कसुर सम्बन्धि ऐनको दफा ५८ अनुसार प्रहरीले पक्राउ गरेको हो ।


OM Sai Pathibhara Hospital

गोरखामा केही दिनअघि नेतृ झाँक्रीले राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको आरोप लगाउँदै नेकपा ओली समूहले विरोध गरेका थिए । उनलाई तत्काल पक्राउ गर्न भन्दै ओली समूह सम्बद्ध महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।


अभियोग पुष्टि भएमा उनलाई ७ बर्ष जेल वा ७० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्छ । दफाले बल प्रयोग गरि वा नगरि राष्ट्रपति वा संसदलाई कुनै किसिमको धम्की दिने वा डरत्रास देखाउने वा दबाब दिने सम्बन्धि कसुरका पाँचवटा चरणको ब्यवस्था गरेको छ । जसमा पहिलो चरणको कसुर प्रमाणित भए ७ बर्ष जेल वा ७० हजार रुपैयाँ वा दुवै सजाय हुनसक्ने ब्यवस्था छ ।


यस्तो थियो झाँक्रीको संवोधन 


अब, राष्ट्रपतिको कुरा त के गर्न ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ, अस्ति निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै। म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि कारगेट छाडेर, सुख सुविधा, ऐस आराम, शीतल निवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस् । चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुनेको थिएँ । 


होइन भने बालकोटै गए पनि हुन्छ । र, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो, त्यसको तयारी गरेर सन्देश पठाउनुस् । तपाईंसँग म पनि अलि भारी हुन्छ होला । यही रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौँ । तपाईंका लागि म पनि भारी हुन सक्छु । त्यसकारण बडामहारानीले हामीले प्राप्त गरेका, हामीले संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्देदृष्टि लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टि फेर्नका लागि गरिएका असंवैधानिक कदम किमार्थ पनि स्वीकार्य हुन सक्दैन । 


त्यसकारण यो नेकपा एमालेले २०५० सालमा गरेको भुल थियो । यहाँ अन्यथा नहोस् । तमाम दिदीबहिनी हुनुहुन्छ, शहीद परिवार हुनुहुन्छ । यहाँहरुलाई भन्न खोजेको होइन । मदन भण्डारीको हत्या पछाडि सेतो साडी लाएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो, नेकपा एमालेले त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी । आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ । त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ । धरानमा हामीले चुनाव हार्नुको कारण पनि त्यही हो । 


धरानमा मेयर बिरामी भएर बित्नुभयो । मेयरका श्रीमतीलाई टिकट नदिए बापत भनेर भोट हालेनन् । र, त्यहाँ कांग्रेसले जित्यो । सेन्टिमेन्टको, इमोसनल ब्ल्याकमेलिङको राजनीति पनि बन्द गर्नुपर्ने हुन्छ । राजनीति विचारधाराकै गर्नुपर्दछ । त्यसकारण जब विचार सिद्धिन्छ । कपाल देखाएर, नाक देखाएर, छाला देखाएर, लुगा देखाएर जब राजनीति गरिन्छ नि, पुग्ने त्यहीँ हो । त्यसबाट आउने चिज पनि त्यही हो । त्यसैले हामीले गलत काम गरेकै कारणले, नारायणकाजी कमरेडलाई पनि थाहा छ, दोस्रो पटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाऔं भनेर सचिवालयका नेताहरुलाई सबैको घरमा देउसी खेल्न गएको हामी । 


उहाँहरूले कानमा तेल हल्नुभयो । त्यतिञ्जेलसम्म उहाँहरुको विद्या भण्डारीले केही बिगारेको थिएन । हाम्रो पनि त बिगारेको थिएन । अब थाहा पाउनुभयो । त्यसकारण उहाँहरूभन्दा हामी नै दूरदर्शी थियौँँँ भन्ने त प्रमाणित भयो नि, सबै नेता कमरेडकोमा गएको हामी । एउटा सेरोमोनियल पदमा मान्छे दोहोर्‍याइरतेहर्‍याइ किन राख्ने रु अको कुरा प्रधानमन्त्री भइसकेको मान्छेलाई पनि राष्ट्रपति बनाउनु हुन्न भन्ने विचार छ । यद्यपी मेरो निजि विचार हो