काठमाडौं । सरकारको दवावमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले तयारी थालेको छ । सरकार विरुद्द आक्रामक रुपमा प्रस्तुत हुँदै आएकी झाक्रीलाई पक्राउ गर्न नेकपाको ओली पक्षले दवाव दिँदै आएको थियो । 


OM Sai Pathibhara Hospital

बुधवार नेकपाको विरोध सभामा आक्रमक रुपमा प्रस्तुत भएकी झार्कीलाई पक्राउका लागि सत्तासिन ओली पक्षवाट दवाव वढेपछि प्रहरीले पक्राउका लागि तयारी अघि वढाएको गृहमन्त्रालय उच्च स्रोतले जानकारी गराएको छ । 


गृहमन्त्रालयका एक अधिकारीले गुप्तचर खबरलाई दिएको जानकरीका अनुशार राष्ट्रपति विरुद्द गम्भिर एवं संगिन आरोप लगाएको अभियोगमा कारवाही गर्न नेकपाको ओली पक्षवाट दवाव भएपछि प्रहरीलाई सोधपुछ अनि कारवाहीका लागि निर्देशन दिएको हो । गृहका ति अधिकारीले गृहको आदेश लगत्तै प्रहरीको अपराध महाशाखाले झार्कीलाई कार्यालयमा उपस्थित हुन खबर समेत गरीसकेको जानकारी गराएका छन् । 


उनले नेकपा नेतृ झाक्री स्वय उपस्थित नभए पक्राउ गरी छानविन अनि कारवाही अघि वढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलयलाई निर्देशन दिएको समेत जानकारी गराएका छन् । प्रहरी प्रधान कार्यालयको निर्देशन लगत्तै अपराध महाशाखाले नेतृ झार्कीलाई उनका अभिव्यक्तिका विषयमा सोधपुछ गर्न भन्दै कार्यालयमा उपस्थित हुन वोलाएको वुझिएको छ । 


अपराध महाशाखाका प्रहरी उपरिक्षक कृष्ण कोईरालाले नेतृ झार्कीलाई उनले केहि दिन यता दिएका अभिव्यक्तिका विषयमा सोधपुछका लागि वोलाएको र उनी उपस्थित नभए पक्राउको तयारी भएको गुप्तचर खबरलाई बताएका छन् । 


राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले नेतृ झार्कीले अभिव्यक्ति दिएको आरोप लगाउँदै सत्तारुढ ओली पक्षीय नेकपाको दवावमा  उनलाई प्रहरीले बोलाएको बुझिएको छ । 


झाँक्रीले राष्ट्रपति भण्डारीसहित एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले सोधपुछ गर्ने भएको हो । झाँक्रीले केही दिनअघि गोरखामा भएको कार्यक्रममा संसद विघटनको विषयलाई लिएर राष्ट्रपति भण्डारी विरुद्द अभिव्यक्ति दिएकी थिईन् । उनले वुधवारको सभामा पनि सो प्रशंग उल्लेख गर्दै भण्डारीको कदमको आलोचना गरेकी थिईन । सभामा मुखमा कालो टेप लगाएर देखिएकी झाक्रीले राष्ट्रपति देशको वन्न नसकेर ओली पक्षिय नेकपाको मात्रै बन्न पुगेको भन्दै आलोचना गरेकी थिईन् ।  


संसद विघटन पछि प्रधानमन्त्रि ओली र राष्ट्रपति भण्डारी विरुद्द आक्रामक रुपमा प्रश्तुत हुँदै आएकी नेतृ झार्की सत्तारुढ दलको कटु आलोचक बनेपछि ओली पक्षिय  अखिल नेपाल महिला संघले उनी माथि केहि दिन अघि कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।