काठमाडौंं / प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा विरोधसभा आयोजना गरेको थियो । प्रदर्शनी मार्गमा सभा चल्दै गर्दा एउटा तस्बिर सामाजिक संजालमा ‘भाइरल’ बन्यो ।
प्रचण्ड, माधवकुमार नेपाल लगायतका शीर्ष नेता ‘विरोध–प्रदर्शन’ लेखेको व्यानरसहित र्यालीको अग्रपंक्तिमा देखिएको तस्बिरमा भारतीय झण्डा समेत रहेको एउटा तस्विर सामाजिक संचालमा भाईरल बन्यो ।
सामाजिक संजालमा तस्विर भाईरल भएपछि सोहि तस्विरलाई आधार बनाएर ओली पक्षिय नेकपाको पत्रकार संगठनमा रहेका पत्रकारहरुले केहि अनलाईन पत्रिकामा समाचार सम्म तयार पारे ।
ओली पक्षिय नेकपाका नेता तथा कार्यकर्ताले सोहि तस्विर लाई देखाएर प्रचण्ड–माधव लगायतलाई सामाजिक संजालमा नै भारतीय एजेन्ट भएको समेत आरोप लगाउन थाले ।
नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डको आधिकरिक फेसबुक पेजमा पोष्ट भएको सो तस्बिर लाई तोडमोड गरी भारतीय झण्डा टाँसिएको रहेछ ।
यसबारे संचार माध्यम तथा सामाजिक संजालमा भाइरल हुने सामग्रीको तथ्यजाँच गर्दै आएको ‘नेपाल फ्क्ट चेक’ले तथ्यजाँच गरेको छ । तथ्यजाँचले भन्छ– ‘पुरानो फोटोमा भारतीय झण्डा टाँसेर भाइरल बनाइयो ।’
२९ डिसेम्बर २०२० मा प्रचण्डको फेसबुकमा पोष्ट भएको वास्ताविक तस्बिर र भारतीय झण्डा टाँसिएको मिथ्या तस्बिर हेरौं ।
ओली पक्षिय नेकपाका नेता तथा कार्यकर्ताले भारतीय झण्डा सहितको मिथ्या तस्बिर भाइरल बनाएपछि नेकपाका नेता तथा कार्यकर्ताले आक्रोस व्यक्त गरेका छन् । उनिहरुले केपी ओलीको साइवर सेनाले आन्दोलन बदनाम गराउन यस्तो हर्कत गरेको बताएका छन् ।