OM Sai Pathibhara Hospital

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले खड्गप्रसाद ओली कागजी बादशाह भएको बताएकी छिन् । ओली अब ढलेको घोषणा हुन मात्र बाँकी रहेको उनको भनाइ थियो ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएकी हुन् ।  ओली तानाशाह भएकाले उनी विरुद्ध आफूहरुले आन्दोलन गर्नु परेको झाँक्रीले बताइन् ।  


प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज पनि विरोध प्रदर्शन गरेको हो ।