काठमाडौँ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित संसद विघटनको मुद्धाको बहस आजबाट पुनः शुरु हुँदैछ ।


OM Sai Pathibhara Hospital

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि हालसम्म पनि निरन्तर बहस हुँदै आएको छ । हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरिसकेका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।