काठमाठडैँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउसो १२ बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुनेछ।


OM Sai Pathibhara Hospital

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । सोमबार सम्पन्न खेलमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोल अन्तरले पराजित गरेको थियो । एपिएफ सात खेलबाट २१ अङ्क जोड्दै लिगको शीर्षस्थानमा छ । 


लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब छ । आर्मीले सात खेलमा १५ अङ्क जोडेको छ ।