पथरी/ मोरङको पथरीशनिश्चरे नगरमा भखरै समापन भएको पथरीशनिश्चरे फुटबल प्रिमियर लिगबाट आयोजकलाई २ लाख भन्दा बढी नाफा भएको छ ।

प्रिमियर लिग कमिटिले सोमबार पत्रकार सम्मेलन गरी २ लाख १५ हजार ८ सय ५० रुपैया बचत गरेको हिसाव सार्वजनिक गरेको हो । खेलको आय १७ लाख ४ हजार ५ सय २५ रुपैया रहेको छ भने व्यय १४ लाख ८८ हजार ६ सय ७५ रुपैया भएको प्रतिवेदन लिग कमिटिका कोषअध्यक्ष श्रीहाङ् राईले प्रस्तुत गरेका थिए ।

OM Sai Pathibhara Hospital

पथरीशनिश्चरेबाट बैदेशिक रोजगारमा विभिन्न देशमा गएका युवाहरुबाट ३ लाख ९३ हजार, ५ सय रुयैयाँ, स्थानीय संघसंस्थाहरु तथा व्यक्तिहरुबाट २ लाख ६८ हजार ५ सय २५ रुपैया, पथरीशनिश्चरे नगरपालिकाबाट सहयोग ५ लाख र मुख्य प्रायोजक र सह प्रायोजकहरुबाट ५ लाख ५० हजार रुपैया गरी जम्मा खेलको आय १७ लाख ४ हजार ५ सय २५ रुपैयाँ भएको थियो ।

खेल मंसिर २५ गते सुरु भएर पुस ११ गते समापन भएको थियो । हिसाव सार्वजानिक कार्यक्रममा आयोजक कमिटीका अध्यक्ष संजिव गिरीले पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आगामी दिनमा निरन्तरता दिने बताए । उनले भने –‘हामी यो लिगलाई अझ मजबुतका साथ अघि बढाउनेछौं, कमिटीमा व्यक्ति परिवर्तन होला तर लिग अझ स्तरीय आयोजना गरिनेछ ।’