विदेश

    Showing 681-690 of 2,133 items.
  • एनआरएनए एकताका लागि महेशकुमार श्रेष्ठ नेतृत्वले गर्यो मध्यमार्गी प्रस्ताव

    काठमाडौं— गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ ।आइतबार राति बसेको ओवी बैठकले डा.बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको हो ।श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव बाबुराम (बीआर)लामाले सहमतिको प्रस्ताव पेश गरेका थिए । बैठकले ९ बुँदे सहमतिको मर्मलाई कार्यान्व्यन गर्ने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिइएको छ ।सहमतिको मस्यौदामा संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा सुदृढ बनाउने उल्लेख गरिएको छ ।श्रेष्ठले डा.बद्री केसीले 

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 518 पटक पढिएको
  • युनाइटेड नेपाली डायस्पोराको सम्मेलन दक्षिण कोरियामा हुने

    काठमाडौं— गैर आवासीय नेपाली संघ(एनआरएनए)बाट अलग भएर खुलेको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडिओ)को बार्षिक साधारण सभा दक्षिण कोरियामा हुने भएको छ ।सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निर्णयहरु पारित गरेको हो । बैठकले आगामी बार्षिक साधारणसभा र एमआइटी फाउन्डेसन सँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०–२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभा बिशेष गरेर सँस्थाको बिधान, बजेट, श्रोत बिकास, विश्व ब्यापिकरणको योजना, विभिन्न प्रोजेक्टहरु र एक दिने सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित रहेन छ। सँस्थाको बार्ष

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 535 पटक पढिएको
  • युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैनः ट्रम्प

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् ।फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन् ।उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्किन सक्ने बताए । अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच व्हाइट हाउसमा भएको भेटमा तोमहक क्षेप्यास्त्रबारे छलफल भएको थियो ।यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ । यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो ।यस्तो मिसाइल सतहबाट

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 529 पटक पढिएको
  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल दोहा प्रस्थान

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।राष्ट्रपति पौडेललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी पदाधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । सो अवसरमा नेपा

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 670 पटक पढिएको
  • अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो । यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ । स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो । 

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 753 पटक पढिएको
  • भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

    काठमाडौं— भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा भारतले २९८ रनको चुनौतीपूर्ण योगफल बनायो । जवाफमा दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरे पनि भारतीय बलरहरूको अनुशासित बलिङ अघि टिक्न सकेन । भारतकी दीप्ति शर्माले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिँदै जितमा मुख्य भूमिका खेलिन् । तिनैको कारण दक्षिण अफ्रिकाको मध्यक्रम एकपछि अर्को गर्दै ढलेको थियो ।यो

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 507 पटक पढिएको
  • चीनमा चाँदीको उछालले लगानी बढायो

    बेइजिङ— चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ । यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका रूपमा थप स्थापित गरेको छ ।सेन्जेनस्थित प्रमुख ज्वेलरी व्यापार केन्द्र–शुइबेइमा चाँदीको मूल्य बढेसँगै बिक्रीमा अभूतपूर्व वृद्धि भएको व्यापारीहरूले बताएका छन् । विशेष गरी ठूलो वजनका आभूषण तथा लगानीका लागि बनाइने सिलभर बारहरूको माग अत्यधिक देखिएको छ ।पूर्वी चीनको शानदोंग प्रान्तबाट शुइबेइ पुगेका व्यापारी गुओले ५०० ग्रामका थोरै बाँकी रहेका चाँदीका बार किने । उनले पछिल्लो समय चाँदीको अभाव यति भएको बताए की, नियमित ग्राहक वा आफन्तले समेत अग्रिम भुक्तानी गर्दामात्रै

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 599 पटक पढिएको
  • रुस–युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

    एजेन्सी । रुस र युक्रेनबीचको युद्ध जारी छ । बिहीबार रुसले पोक्रोभस्कमा युक्रेनी सेनाको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।रुसी रक्षा मन्त्रालयका अनुसार एक दिनमा, रुसी सेनाले दुई बस्तीहरू नियन्त्रणमा लिएको छ । साथै युक्रेनी लामो दूरीको ड्रोन एसेम्बली र भण्डारण स्थलहरू, रेलवे पूर्वाधार, गोलाबारुद डिपोहरू र अस्थायी तैनाती बिन्दुहरूमा प्रहार गरेको मन्त्रालयले जनाएको छ ।उनीहरूले डोनेट्स्कको पोक्रोभस्कमा घेरिएका युक्रेनी सेनामाथि पनि प्रहार गरेको दाबी गरेका छन् । रूसी वायु रक्षा प्रणालीले आठ सटीक हवाई बमहरू, तीन अमेरिकीमा निर्मित रकेटहरू र ड्रोनहरू खसालेको जनाएको छ ।सोही दिन, युक्रेनी सशस्त्र सेनाक

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 423 पटक पढिएको
  • युक्रेनी पावर प्लान्टमा रुसी आक्रमण, दुई जनाको मृत्यु

     काठमाडौं— युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमा रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएका छन् ।उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्,'यो स्पष्ट रूपमा आतंकवाद हो । सामान्य मानिसहरूले यसरी युद्ध गर्दैनन् । संसारले यो रुसी आक्रमणको उचित जवाफ दिनुपर्छ ।'हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाटको सम्भावना उठाएका थिए । उनले युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्न सकिने बताएका थिए ।यद्यपि, यो बैठकपछि रद्द गरिएको थियो । युक्रेनले पुटिन-ट्रम्प वार्ता स्थगित भएदेखि रुसी आक्रमणहरू तीव्र भएको

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 617 पटक पढिएको
  • चीनमा जहाज उद्योग : विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा

    एजेन्सी । चीनको जहाज निर्माण उद्योगले उल्लेख्य प्रगती गरेको छ । विगत पाँच वर्षमा उद्योगले आफ्नो क्षमतामा उल्लेखनीय रूपमा वृद्धि समेत गरेको छ । २०२१ मा सुरु भएको र यस वर्ष समाप्त हुने देशको १४ औं पञ्चवर्षीय योजनाको क्रममा, चिनियाँ जहाजहरूले विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका थिए । जुन २०१६ देखि २०२० सम्मको देशको १३ औं पञ्चवर्षीय योजनाको तुलनामा लगभग आठ प्रतिशत बढी हो।अधिकारीहरूले चिनियाँ शिपयार्डहरूको प्रतिस्पर्धात्मकता बढेको पनि बताएका छन् । जहाज निर्माण, नयाँ अर्डर र अर्डर ब्याकलगहरूमा छ कम्पनीहरू विश्वका शीर्ष १० मा परेका छन्।चाइना एसोसिएसन अफ द नेशनल शिपबिल्डिंग इन्डस्ट्रीका

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 351 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.