एजेन्सी / अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहितको टोली नेपाल भ्रमणमा आउने भएको छ । डेमोक््रयाटिक पार्टीका सांसदहरूको उक्त टोली शुक्रबार आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको हो । सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदनका मोन्डैयर नेपाल भ्रमणमा आउन लागेका अमेरिकी समाचार साइट ‘द हिल’ को समाचारमा पनि उल्लेख गरेको छ । उक्त टोलीले पोल्यान्ड, युएई, भारत र जर्मनीको पनि भ्रमणमा गर्ने पनि जनाइएको छ । यो ९ दिनको भ्रमण हुने समाचारमा उल्लेख छ ।नेपालमा द्विपक्षीय कूटनीतिक सम्बन्ध र दुई मुलुकका संसद्बीचको
एजेन्सी / फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका नवजात छोराको मृत्यु भएको छ । रोनाल्डोले इन्स्टाग्राममा आफ्नो नवजात छोराको मृत्यु भएको पुष्टि गर्दै एक विज्ञप्ति पोस्ट गरेका छन् ।म्यानचेस्टर युनाइटेडमा रहेका ३७ वर्षीय रोनाल्डो र उनकी प्रेमिका जर्जिनाले गत अक्टोबरमा जुम्ल्याहा बच्चा जन्मने आशा गरेका थिए । छोराको मृत्युले गहिरो चोट लागेको विज्ञप्तिमा दुबै जनाले जनाएका छन् । जर्जिनाबाट एक छोरा र एक छोरीको जन्म भयो । छोरी भने सुरक्षित रहेको उनीहरूले बताएका छन् । छोरी रहेकोले आफूहरूलाई आश र खुसी मिलेको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
एजेन्सी / भारतको आसाम राज्यमा हुरी र चट्याङले कम्तीमा २३ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि भएको भीषण वर्षासंगै परेको चट्याङ्ग र हुरीले २३ नागरिकको ज्यान गएको हो ।आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार चट्याङ र हुरीले दर्जनौँ व्यक्ति घाइते भएका छन् ।यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबार देखिको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।
एजेन्सी / दक्षिणमा अफ्रिकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४४३ पुगेको छ ।समाचार संस्था रोयटर्सका अनुसार क्वाजुलु-नातान प्रान्तमा बाढीले तबाही मच्चाएको हो । उक्त प्रान्तमा केही दिनदेखि भारी वर्षा भएको थियो । बाढी र पहिरोमा परी लाखौं मानिस विस्थापित भएका छन् भने पानी र बिजुलीको आपूर्ति अवरूद्ध भएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बाढी पहिरोका कारण साउदी अरबको भ्रमण पर सारेको राष्ट्रपति कार्यालयले जनाएको छ ।प्रान्तका प्रिमियर सिह्ले जिकालालाले उक्त क्षेत्रमा अहिलेसम्मकै धेरै पानी परेकाले बाढी, पहिरो आएको बताएका छन् ।मौसमविद्हरूले आइतबारसम्म
एजेन्सी / युक्रेनमा युद्ध चर्किँदै जाँदा अमेरिका र उसका साझेदारहरूले युक्रेनलाई हातहतियार दिएर सहयोग गरिरहेका छन् । पूर्वी युरोपका कतिपय मुलुकले सोभियतकालका ट्यांक, इन्फ्यान्ट्री फाइटिङ भेहिकल, एपीसी र आर्टिलरी लगायतका हतियार युक्रेनलाई दिइरहेका छन् । तर यस्ता हतियारहरू युक्रेन पुग्नेबित्तिकै नष्ट हुने गरेको छ । युक्रेनमा किन यसरी हतियार नष्ट गराइँदैछ ?अमेरिकाले पूर्वी युरोपका साझेदारहरूको सेनालाई गैरसोभियतीकरण गर्नका लागि युक्रेन युद्धलाई उपयोग गरिरहेको छ । त्यसरी पूर्वी युरोपका मुलुकहरूबाट सोभियत हतियार सकिएपछि अमेरिकाले आफ्नो हतियार बेच्न पाउनेछ । पूर्वी युरोपेली मुलुकहरूको ह
एजेन्सी / उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ २ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । करिब ११० किलोमिटर (६८ माइल) दूरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार जनाएको छ । दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन् ।
एजेन्सी / दक्षिण अफ्रिकाको बाढी पहिरोमा परेर ४ सय जना मानिसको मृत्यु भएको छ । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रका दसौं हजार अलपत्र परेका छन् । बाढीले अस्पताल सडकमा क्षति पुर्याएको छ ।बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका हुन् । दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । बाढीपछि उद्धार कार्य तीव्र पारिएको जनाइएको छ ।
एजेन्सी / युक्रेन र रुसको गहुँमा निर्भर रहँदै आएको इजिप्टले भारतबाट गहुँ खरिद गर्ने भएको छ । युक्रेनमाथि रुसी हमलापछि त्यहाँको गहुँ उत्पादन र बिक्रीको सञ्जाल नै अवरुद्ध भएका कारण इजिप्टले भारतबाट गहुँ खरिद गर्न लागेको हो । इजिप्टका अधिकारीहरू मध्य प्रदेश, पञ्जाब र महाराष्ट्रको भ्रमण गरी गहुँ उत्पादनबारे निरीक्षण गरेका थिए । उनीहरूले गुणस्तर, भण्डारण र निर्यातको परिमाणबारे पनि बुझेका थिए ।भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश हो । भारतले १ करोड टन गहुँ निर्यात गर्ने क्षमता राखेको त्यहाँको खाद्य मन्त्रालयले जनाएको छ ।
एजेन्सी / रुस र युक्रेनको युद्धका क्रममा युक्रेनको राजधानी शहर किभ वरपर ९ सय सर्वसाधारणको शव फेला परेको छ । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रमा सो सङ्ख्यामा सर्वसाधारणको शव फेला परेको प्रहरी प्रमुखले बताएका छन् । २४ फेब्रुअरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिन बाध्य भएका हुन् । विश्व समुदायले युद्ध रोकेर शान्तिवार्ता गर्न दुवै देशलाई आग्रह गरे पनि सहमति हुन सकिरहेको छैन ।
एजेन्सी / पञ्जाबमा १ जुलाईदेखि प्रत्येक घरले ३ सय युनिट सम्म निःशुल्क बिजुली पाउने भएका छन् । आम आदमी पार्टीको सरकारले शनिबार ३ सय युनिट सम्म बिजुली निःशुल्क दिने घोषणा गरेको हो । भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो । पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै खुसीको खबर’ दिने बताएका थिए ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.