काठमाडौँ(एजेन्सी) गणतन्त्र कङ्गोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा परी ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीको एक भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए । विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरूले सो विस्फोट गराएको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएका छैन । बम विस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । विस्फोटको समयमा महिला र ब
एजेन्सी / कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण रोक्न भारतको उत्तर प्रदेश सरकारले रात्रिकालीन कर्फ्यु लगाउने घोषणा गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले २५ डिसेम्बरदेखि राज्यमा रात्रिकालीन कर्फ्यु घोषणा गरेको हो । यस सम्बन्धमा मुख्यमन्त्री आदित्यनाथले उच्चस्तरीय टोलीलाई निर्देशन दिएका छन् । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइनेछ । भारतमा ओमिक्रोन बाट संक्रमित हुनेको संख्या दुई सय नाघेको छ ।कर्फ्यु जारी भएपछि विवाह कार्यक्रममा २०० जनाभन्दा बढी सहभागी हुन नपाउने भएको जनाइएको छ । उनीहरूले कोभिड प्रोटोकलका साथ मात्र जान पाउनेछन् । भारतको विभिन्न राज्यमा कोभिड १९ को नयाँ भेरियन्
काठमाडौँ / बङ्गलादेशमा शुक्रबार बिहान एउटा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो ।तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार थिए । तीमध्ये धेरैजसो ढाकाबाट आफ्नो गाउँ फर्किँदै थिए ।फेरिको इन्जिनबाट आगलागी सुरु भएको बताइएको छ । फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए ।
एजेन्सी / लिबियाली सामुद्रिक किनारमा यसै हप्तामात्र कम्तीमा पनि ७० जना अवैध रुपमा आवतजावत गर्न खोज्ने आप्रवासीहरुको डुबेर मृत्यु भएको छ ।संयुक्त राष्ट्रसंघले बिहीबार प्रकाशन गरेको एक प्रतिवेदनमा सो तथ्य सार्वजनिक भएको छ । यस समयमा यहाँका अरु कम्तीमा पनि १०० जना आप्रवासीहरु हराइरहेका पाइएको छ ।यसरी मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । अरु ठूलो संख्याका बालबालिका हराइरहेका संयुक्त राष्ट्रसंघीय बालकोषले जानकारी दिएको हो ।यहाँ आप्रवासीहरुको अवस्था निकै दयनीय रहेको बताइएको छ ।यो सामुद्रिक किनाराबाट भाग्ने क्रममा कागजात नभएका आप्रवासीहरु यसरी डुब्ने गर्दछन् ।यस क्रममा निकै लामो समयदेखि यहाँ
काठमाडौँ / अलाहाबाद उच्च न्यायलयले राजनीतिक दलका सार्वजनिक बैठक र ह्याली रोक्न तथा सन् २०२२ मा हुने उत्तर प्रदेशमा विधान सभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको हो ।आगामी फेब्रुअरीमा हुने निर्वाचन स्थगित गर्न अदालतले अनुरोध गरेको हो । कोभिड संक्रमण र मृत्युका घटना बढेको र तेस्रो लहर ढोकैमा आएको भन्दै उच्च अदालतले निर्वाचन रोक्न अनुरोध गरेको हो ।२३ डिसेम्बरमा परेको उजुरीबारे सुनवाई गर्दै न्यायाधीश शेखर कुमार यादवले निर्वाचनका सम्पूर्ण ह्याली र सार्वजनिक कार्यक्रम बन
काठमाडौँ / अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ हुने राष्ट्रपति निर्वाचनमा पुनः प्रतिष्पर्धा गर्ने बताएका छन् । आफू अहिले जस्तै स्वस्थ रहे आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने बाइडेनले बताएका हुन् ।अमेरिकी टेलिभिजन एबीसीसँगको एक अन्तर्वार्तामा ७९ वर्षीय बाइडेनले भने, ‘हो, स्वास्थ्यले साथ दिए फेरि पनि निर्वाचनमा उठ्नेछु ।’उनले अगाडि भने, ‘म भाग्यमा धेरै विश्वास गर्छु । धेरै पटक भाग्यले मेरो जीवनमा हस्तक्षेप गरेको छ । अहिले म स्वस्थ छु । यस्तै स्वस्थ रहे आगामी निर्वाचनमा फेरि प्रतिष्पर्धा गर्नेछु ।’आगामी निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवारी दिए जुन सुकै हालमा आफूले उम्म
काठमाडौँ / भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टको ओमिक्रोनबाट २१३ जना सङ्क्रमित भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ओमिक्रोन संक्रमित हुनेमा सबैभन्दा धेरै दिल्लीमा छन् । दिल्लीका ५७ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारी दिएको छ ।दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरूले जनाएका छन् ।यस्तै कर्नाटकमा १९, राजस्थानमा १८, केरलामा १५, गुजरातमा १४, जम्बु काश्मिरमा ३, उडिसा र उत्तर प्रदेशमा २ २ तथा आन्द्रा प्रदेश, चण्डीगढ, लद्दाख, तमिलनाडु र पश्चिम बङ्गालमा १ १ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमित
काठमाडौँ / भारतीय राज्य पञ्जाबको लुधियानास्थित एक अदालतमा बिहीबार दिउँसो बिस्फोट हुँदा २ जनाको मृत्यु, चार घाइते भएको इन्डिया टुडेले जनाएको छ ।लुधियाना अदालतको दोस्रो तलाको बाथरुममा भएको बिस्फोट भएको जनाइएको छ ।बिस्फोट लगत्तै प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा ६ तले अदालत भवनबाट धुँवा आइरहेको देखिन्छ ।लुधियाना अदालतमा बिहीबार वकिलहरूको बन्द थियो । त्यही भएर विस्फोटका बेला अदालतमा धेरै मानिस थिएनन् ।बिस्फोट कसरी भयो र कसले गरायो भन्ने खुलिसकेको छैन ।
झापा(एजेन्सी) अफगानिस्तानले विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध लगाएको छ ।तालिवान समूहले मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।काबुलमा रहेका व्यवसाय तथा व्यापारिक केन्द्रका साइनबोर्डमा देखिने महिलाको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको टोलो न्युजले उल्लेख गरेको छ ।सरकारको यो निर्णयले आफूलाई आर्थिक तथा व्यावसायिक सङ्कट पर्ने काबुलकी एक सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताए ।महिला अधिकारकर्मीले पनि सरकारको निर्णयले महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने काम भएको टिप्पणी गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई महिला अधिकारको
काठमाडौं(एजेन्सी) जापानकी चर्चित नायिका सयाका कान्डाको होटलको २२ तलबाट खसेर मृत्यु भएको छ । सयाका होक्काइडो द्वीपको एउटा होटलमा बसेकी थिइन् । यसै होटलको २२ औं तलबाट स्थित एउटा कोठाबाट खसेपछि उनको मृत्यु भएको हो ।३५ वर्षीया सयाका गत १८ डिसेम्बर उक्त होटलको २२ औँ तला माथिबाट खसेपछि रगताम्ये अवस्थामा होटलको बाहिरी इलाकामा भेटिएकी थिइन् ।सयाका एक जापानी नायिका तथा गायिका थिइन् । उनी अभिनेत्री मसाकी कान्डा र पप गायक सिको मात्सुडाकी एक्ली सन्तान थिइन् ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.