विदेश

    Showing 621-630 of 1,580 items.
  • चिनियाँ पूर्व फुटबल पदाधिकारीलाई ११ वर्षको जेल सजाय

    एजेन्सी- चीनमा पूर्व फुटबल पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय तोकेको छ । हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले सोमबार चिनियाँ फुटबल सङ्घ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो । उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवाना तोकेको छ । भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ । ली १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो पदको दुरुपयोग गरेको अभियोगमा गत मार्चमा दोषी ठहर भएका थिए । लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गरेका थिए । त्यसअघि उनी स

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 277 पटक पढिएको
  • कोरियामा फेरि बढ्यो कोरोना कहर, एक हप्तामा दोब्बर भए संक्रमित

    काठमाडौं— दक्षिण कोरियाको रोग नियन्त्रण विभागले आइतबार गर्मीको मौसममा फोहोर पानीमा कोभिड–१९ विषाणुको स्तर एक हप्तामा लगभग दोब्बर वृद्धि भएसँगै भाइरस संक्रमितको सङ्ख्या बढेको बताएको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभाग (केडिसिए) द्वारा अगस्टको दोस्रो हप्तामा सञ्चालित कोरिया फोहोर पानी निगरानी कार्यक्रमका अनुसार स्थानीय ढल प्रशोधन प्लान्टमा कोभिड भाइरसको औसत एकाग्रता प्रति मिलिलिटर पानीमा ४७ हजार ६४० पुगेको योन्हप समाचार समितिले जनाएको छ । यो सङ्ख्या अघिल्लो हप्ता रेकर्ड गरिएको २४ हजार ६०२ प्रति मिलिलिटरबाट लगभग दोब्बर वृद्धि हो । समुदायभित्र कोभिड–१९ संक्रमणको सङ्ख्या मूल्याङ्कन

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 470 पटक पढिएको
  • अमेरिकामा नेपाली नर्स दुई हप्तादेखि वेपत्ता

    काठमाडौं-  दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मुलकी नर्स ममता काफ्ले अझै सम्पर्कविहीन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको  जनाएको छ। भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँग  समेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गराएको जनाएको छ। प्रहरीको अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेर बुझेको प्रहरीले उल्लेख गरेको छ। उनी २७ जुलाइमा युभी

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 297 पटक पढिएको
  • दोहामा भएको वार्तामा हमास लडाकु समूहद्वारा इजरायलको नयाँ सर्त अस्वीकार

    काठमाडौं— प्यालेस्टाइनको लडाकु समूह हमासले कतारको दोहामा भएको वार्तामा इजरायलको प्रस्तावलाई अस्वीकार गरेको छ । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो । इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव पनि राखेको थियो । तर सहमति जुट्न नसकेको समाचार संस्था एएफपीले जनाएको छ ।वार्ताअघि हमासको राजनीतिक ब्यूरोका सदस्य सुहेल हिन्दीले इजरायलले निर्दोष नागरिक मारिरहेको आरोपसहित अहिलेको अवस्थामा वार्तामा बस्न नसकिने समेत बताएका थिए । गएको अक्टोबर ७ तारिखमा शुरु भएको आक्रमणमा हमास लडाकूले दुई सय ५१ जनालाई कब्जा गरेका थिए । यस

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 489 पटक पढिएको
  • रुसको भूमि छिरेर युक्रेनी सेनाले गर्‍यो आक्रमण

    काठमाडौं— युक्रेनी सेना रुसको भूमिमा प्रवेश गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका हुन् ।उनले बुधबार बेलुकी सामाजिक सन्जालमा लेखेका छन्, ‘युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट एकदेखि दुई किलोमिटर अगाडिसम्म घुसेको छ ।’ट्वीटर (हाल एक्स)मा राष्ट्रपति जेलेन्स्कीले फोटो र भिडियोहरु पनि पोष्ट गरेका छन् । एउटा भिडियोमा जेलेन्स्कीले सेनाका शीर्ष कमाण्डर ओलेकजेन्ड्र सिरस्कीसँग कुरा गरिरहेको पनि देखिन्छ । सो भिडियोमा युक्रेनका कमाण्डर सिरस्कीले रुसको भूमिमा आक्रमण गर्ने क्रममा १०० जना रुसी सेनालाई नियन्त्रणमा ल

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 401 पटक पढिएको
  • ७८ औँ स्थापना दिवस मनाउँदै भारत

    काठमाडौं— भारतमा आज ७८ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै भारतको अर्थतन्त्रको प्रगतिको कामना गरेकी छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लालकिल्लाबाट आज ७८ औं स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा झन्डै ६ हजार जना विशेष अतिथिलाई आमन्त्रण गरिएको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 474 पटक पढिएको
  • नकाव लगाएका व्यक्तिले पाँच जनालाई छुरा हाने

    एजेन्सी— बुलेटप्रुफ टिसर्ट र हेलमेट लगाएका तथा आफ्नो मुख ढाकेका एक व्यक्तिले उत्तरपश्चिम टर्किएमा पाँच जनालाई छुरा प्रहार गरेका छन् । राजधानी अंकाराबाट करिव २३० किलोमिटर पश्चिममा रहेको एस्कीसेहिरमा भएको घटनापछि अर्दा के भनेर चिनिने १८ वर्षीय युवकलाई हिरासतमा लिइएको थियो । आक्रमणकारीले मस्जिदको अगाडि एउटा क्याफेको आँगनमा बसेका पाँच जनालाई छुरा प्रहार गरेको र घटनालाई आफ्नो सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेको देशको डेली सबाले जनाएको छ । पाँच जना घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने दुईको अवस्था गम्भीर रहेको बताइएको छ । आन्तरिक मन्त्री अली येर्लिकायाले स्थानीय प्रहरीले आक्र

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 445 पटक पढिएको
  • भारतको खुद्रा मुद्रास्फीति ३.५४ प्रतिशतमा घट्यो

    काठमाडौं— भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घटेको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाईमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ३ दशमलव ५४ प्रतिशत रहेको छ । जुनमा सीपीआई ५.०८ प्रतिशत थियो । खाद्य मुद्रास्फीति जुनमा ९.३६ प्रतिशतको तुलनामा जुलाईमा ५.४२ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । अधिकारीहरूका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) को फिल्ड अपरेसन डिभिजनका फिल्ड कर्मचारीहरूले व्यक्तिगत भ्रमणहरूमार्फत सबै राज्यहरू समेट्ने १ हजार ११४ शहरी बजारहरू र १ हजार १८१ गाउँहरूबाट मूल्य तथ्या

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 341 पटक पढिएको
  • अमेरिकाले भन्यो : हसिनालाई हामीले हटाएको भनेर भ्रम फैलाइयो

    काठमाडौं- अमेरिकाले बंगलादेशमा शेख हसिना सत्ताबाट बाहिरिनुमा आफ्नो भूमिका रहेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ । अमेरिकाले यसलाई अफवाह मात्र भनेको छ ।ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भनिन्, “यसमा हाम्रो कुनै संलग्नता छैन । हालैका घटनाहरू (बंगलादेशमा सत्ता परिवर्तन) मा अमेरिकी सरकारको हात रहेको कुनै पनि रिपोर्ट गलत हो ।”उनले थप भनिन्, “यो विकल्प बंगलादेशका नागरिकहरूले आफैंले रोजेका हुन् । बंगलादेशका जनताले त्यहाँको सरकारको भविष्य निर्धारण गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ ।”त्यसपछि सेनाले अन्तरिम सरकार गठनको घोषणा गरेको थियो । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरक

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 375 पटक पढिएको
  • स्कूलमा भएको बमबारीको निन्दा

    एजेन्सी— इजिप्टले पूर्वीगाजा शहरको अल–दराज छिमेकमा विस्थापित प्यालेस्टाइनीहरूलाई बस्ने अल–ताबाइन स्कुलमा इजरायली बमबारीको निन्दा गरेको छ । शनिबार बिहान सबेरै भएको यो आक्रमणमा एक सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । इजिप्टको विदेश मन्त्रालयले गाजा स्ट्रिपमा प्यालेस्टाइनी नागरिकहरूमाथि इजरायली आक्रमणहरू अन्तर्राष्ट्रिय र मानवीय कानुनहरूको अभूतपूर्व उपेक्षालाई प्रतिनिधित्व गर्ने घोषणा गरेको छ । प्यालेस्टिनीहरूको रक्षा गर्न र सुरक्षाविहीन नागरिकहरूलाई लक्षित गरी बन्द गर्न एक एकीकृत र प्रभावकारी अन्तर्राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गरिएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 289 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा