विदेश

    Showing 611-620 of 1,580 items.
  • लेबनानमा इजरायली आक्रमण : तीन जनाको मृत्यु

    काठमाडौं-लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार खियाम सहरमा भएको कारमाथि आक्रमण र टिरी गाउँमा भएको अर्को आक्रमणमा गरी तीन जनाले ज्यान गुमाएका छन् । इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमा आक्रमणलाई तीव्र पारेको छ । यसअघि हिजबुल्लाहले पनि इजरायलमा सयौँ रकेट प्रहार गरेको दाबी गरेको छ । यस घटनाले लेबनान र इजरायलबीचको तनावलाई झन बढाएको छ । त्यस क्षेत्रमा युद्धको स्थिति उत्पन्न हुने खतरा बढेको छ । 

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 393 पटक पढिएको
  • बंगालादेशमा अर्को विपदको त्रास, बाढीमा १८ जनाको मृत्यु, डुबानले जनजीवन प्रभावित (भिडियो)

    काठमाडौं— सरकार विरोधी आन्दोलनको चपेडाबाट मुक्त भएका बंगालीले यतिबेला बाढी पहिरो र डुबानको पीडा खेप्न थालेका छन् । यसअघि सरकारी जागिरमा आरक्षण हटाउनुपर्ने मागसहित विश्वविद्यालयका विद्यार्थीहरूले थालेको खबरदारी सरकारविरोधी आन्दोलनमा परिणत हुँदा ६५० भन्दा बढीले ज्यान गुमाएका थिए । मृतकका परिवारमा परिवार सदस्य गुमेको यो दुखद घटना सेलाउन नपाउँदै अहिले बंगाली नागरिक बाढी, पहिरो र डुवानको चपेडामा परेका छन् । बाढीमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको बंगलादेशको राष्ट्रिय विपद व्यवस्थापन केन्द्रले जनाएको छ ।  विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 437 पटक पढिएको
  • पाकिस्तानको पञ्जाव प्रान्तमा रकेट आक्रमण, ११ सुरक्षाकर्मी मारिए

    एजेन्सी- पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा लुटेराहरूको आक्रमणमा परी ११ प्रहरी अधिकारीको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् । पञ्जाव प्रान्तस्थित रहिम यार खान जिल्लाको मच्का क्षेत्रमा लुटेराहरूले करिब २० जना प्रहरी बोकेको दुई वटा भ्यानमा रकेट प्रहार थिए । भ्यानमा सवार प्रहरी अधिकारी त्यस क्षेत्रको चेक पोस्टमा साप्ताहिक ड्युटीबाट फर्किरहेका थिए । प्रहरी बोकेका दुई भ्यानमध्ये एककमा समस्या देखिएपछि मर्मतका लागि रोकिएका बेला अचानक रकेट आक्रमण भएको थियो । आक्रमणबाट ११ प्रहरीको घटनास्थलमै मृत्यु भएको पाकिस्तानी सन्चार माध्यमहरुले जनाएका छन् । 

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 338 पटक पढिएको
  • थाइल्याण्डको पूर्वी प्रान्तमा विमान दुर्घटनाः ७ जनाको मृत्यु

    एजेन्सी- थाइल्याण्डको पूर्वीप्रान्त चाचोएङ्साओमा भएको विमान दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।मृतकमध्ये पाँच जना चिनियाँ नागरिक रहेको बताइएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर स्थानीय समय अनुसार विमान बिहिबार दिउँसो करिव ३ बजेर १० मिनेट जाँदा म्यानग्रोभ जङ्गलमा खसेको अधिकारीहरुले बताएका छन् । विमान दुर्घटनापछि खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समय अनुसार पूर्वी तटीय प्रान्त त्राटको यात्रा गर्ने क्रममा विमान दुर्घटना भएको चाचोएङ्साओका गभर्नर चोन्लाटी याङ्ट्रोङले बताउनु भयो । थाइल्याण्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 507 पटक पढिएको
  • बंगलादेशमा शेख हसिनाको सत्ता ढाल्न आन्दोलन गर्ने महिला

    प्रधानमन्त्री शेख हसिनाको १५ वर्ष लामो शासन ढाल्ने गरी बंगलादेशमा भएको आन्दोलनमा यसपालि नदेखेका धेरै दृश्य देखिए । ठूलो सङ्ख्यामा महिलाहरू विरोध प्रदर्शनमा सहभागी भएको र नाराबाजी गरेको धेरैतिर देखियो।“विरोधप्रदर्शनहरूमा महिला तथा किशोरीहरूको सहभागिता अभूतपूर्व थियो,” ढाकास्थित नोर्थ साउथ यूनिभर्सिटीका राजनीतिशास्त्री तथा समाजशास्त्री डा. बुलबुल सिद्दिकीले भने।सरकारविरुद्ध केही प्रदर्शन आयोजना गर्न सघाएकी एकल महिला तथा व्यावसायिक बडीबिल्डर फरजाना लीओको विचारमा ठूलो स्तरमा महिलाहरूको सहभागिता नभइदिएको भए शेख हसिनालाई सत्ताच्युत गर्ने गरी आन्दोलन सफल नहुन पनि सक्थ्यो।उनी ४३ वर्षकी छिन् र यसअघि रा

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 628 पटक पढिएको
  • ११ दिनपछि सरकारी अस्पतालको हड्ताल फिर्ता

    काठमाडौं— सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय डाक्टरहरूले सरकारी अस्पतालमा गरेका हड्ताल ११ दिनपछि बिहीबार फिर्ता लिएका छन् ।यही अगस्ट ९ मा भारतको पूर्वी शहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया डाक्टरको शव फेला परेपछि विभिन्न ठाउँका सरकारी अस्पतालका चिकित्सक सङ्घहरूले अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए । कोलकातामा भने अझै विरोध प्रदर्शन भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।महिला डाक्टरको बलात्कार पछि हत्या भएको घटनालाई लिएर देशव्यापी आक्रोश बढेको हो । यो घटनामा दोषीलाई कडा कारबाहीसँगै कार्यस्थलमा सुरक्षित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गर्दै स्वास

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 576 पटक पढिएको
  • विश्वकै सबैभन्दा वृद्धा मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा निधन

    काठमाडौं— विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको छ । गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८  वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो । 'मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो', उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । 'हामी उहाँको सम्झना सँधै रहनेछ।'क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसु

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 615 पटक पढिएको
  • मस्कलाई सल्लाहकार बनाउन ट्रम्प तयार

    काठमाडौँ-  अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक इलोन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन्।समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा ट्रम्पलाई सोधिएको थियो– मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे विचार गर्नुहुन्छ. जवाफमा ट्रम्पले निश्चय पनि आफूले त्यसो गर्ने बताए। उनले भने, ‘मस्क निकै बुद्धिमान व्यक्ति हुन्। यदि उहाँले चाहनुभयो भने यो पक्कै हुनेछ।’टेस्ला र स्पेसएक्सका मालिक मस्कले डोनाल्ड ट्रम्पसँग हालै सोसल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता लिएका थिए। सो क्रममा उनले डेमोक्रेटिक पार्टीका र

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 473 पटक पढिएको
  • आफूले जिते एलन मस्कलाई मन्त्री पद दिन ट्रम्प तयार

    एजेन्सी- अमेरिकाका पूर्वराष्ट्रपति एवं आगामी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूले निर्वाचन जिते सरकारमा टेस्ला कम्पनीका मालिक एलन मस्कलाई मन्त्री बनाउने घोषणा गरेका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पलाई मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे प्रश्न सोधिएको थियो । जवाफमा उनले मस्क वौद्धिक व्यक्ति भएको भन्दै सल्लाहकार बनाउन आफू तयार रहेको बताए । मस्कले केही दिनअघि आफ्नो सामाजिक सञ्जाल एक्समा ट्रम्पको अन्तवार्ता लिएका थिए । अन्तरवार्तामा ट्रम्पले मस्कको अटोमोबाइलको प्रशंसा गर्दै सबैले विद्युतीय कार खरिद गर्नुपर्ने बताएका थिए । मस्कले यस

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 459 पटक पढिएको
  • पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु, १६ जिल्ला प्रभावित

    एजेन्सी- पाकिस्तानको बलुचिस्तानमा भारी वर्षाका कारण १९ जनाको मृत्यु भएको छ । मनसुनी वर्षाले मानवीय तथा भौतिक क्षति पुर्‍याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजार भन्दा बढी प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुलाई-१ देखि अगस्ट-१७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् । वर्षाले बलुचिस्तान प्रान्तका १६ वटा जिल्ला प्रभावित भएका छन् । प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लास

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 490 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा