काठमाडौं— भारतमा करिब एक दर्जन सवारीसाधन एकापसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेश, मथुरास्थित दिल्ली–आगरा–यमुना एक्सप्रेस–वेमा बाक्लो हुस्सुका कारण दुर्घटना भएको हो । मंगलबार बिहान साढे चार बजे सातवटा बस र तीनवटा कार एकापसमा ठोक्किएको बताइएको छ ।
दुर्घटनापछि आगलागी भएको थियो । त्यही आगलागीमा परी मृत्यु भएको हो । यस्तै, थुप्रै जना घाइते भएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःखद घटना भएको मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।
साथै, उनले घाइतेहरूको तत्काल उपचार गर्न आदेश दिएका छन् ।






































