एजेन्सी / पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउन गइरहेको विमान दुर्घटनामा परेको समाचारसंस्था एएनआईले जनाएको छ ।नाज्का विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । नाज्का क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ ।दुर्घटनाग्रस्त विमानमा नेदरल्यान्ड र चिलीका नागरिक रहेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पेरुको सरकारलाई उदृत गर्दै एएनआईले जनाएको छ ।
एजेन्सी / भारतको पुणेमा निर्माणाधीन भवनमा फलामको स्ल्याब खसेर सात मजदुरको मृत्यु भएको छ । गएराति भएको सो दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । दुर्घटना यरवडा क्षेत्रको शास्त्री वाडिया बंगला नजिक भएको हो । भवनको बेसमेन्टमा रहेको फलामको स्ल्याब भत्किँदा सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार दुर्घटनामा मृत्यु हुने अधिकांश व्यक्ति बिहारका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनाप्रति दुःखसमेत व्यक्त गरेका छन् ।
एजेन्सी / अफगानिस्तानमा तालीबानी सरकारले एक महिला अधिकारकर्मीलाई नियन्त्रणमा लिएको छ । राजधानी काबुलस्थित आफ्नै निवासमा रहेको अवस्थामा तालीबानीको टोलीले महिला अधिकारकर्मी मुर्सल अयारलाई नियन्त्रणमा लिएको हो ।योसँगै मुर्सल अयार अफगानिस्तानमा तालीवानीद्वारा नियन्त्रणमा लिने महिला मध्ये छैठौं महिला अधिकारकर्मी हुन् । यसअघि गत जनवरी १९ मा तालीवानले महिला अधिकारकर्मी पारवाना इब्राहिम, तमना पर्यानी र तीनका तीन बहिनीहरूलाई नियन्त्रणमा लिएको थियो भने उनीहरूको अवस्था अज्ञात छ ।पछिल्लो समय अफगानिस्तानको कारागारमा रहेका महिलाको अवस्थाबारेको बाहिरिएको रिपोर्टको जिम्मेवार महिला अधिकारकर्मीहरू रहेको भन्दै उ
एजेन्सी / सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा बालबालिका र महिलासहित १३ जनाको मृत्यु भएको छ । जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको अमेरिकाले जनाएको छ । सन् २०१९ मा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बग्दादीको मृत्यु भएको थियो । एटमि सहरमा भएको सो कारबाही करिब दुई घन्टासम्म चलेको थियो । अल कायदालाई लक्षित गरी सो हमला गरिएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी हमलामा चार बालबालिका र तीन महिलासहित १३ जनाको मृत्यु भएको मानव अधिकारबादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल
काठमाडौँ / ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरूले जनाएका छन् । त्यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार ब्राजिलमा गएका केही दिनदेखि वर्षा कायमै छ । वर्षापछि आएको बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो ।प्राप्त समाचारअनुसार त्यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण त्यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । त्यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल
एजेन्सी / युक्रेनलाई लिएर रुससँग तनाव उत्कर्षमा पुगेको बेला अमेरिकाले युरोपमा थप सैनिक पठाउने तयारी गरेको छ । राष्ट्रपति जो बाइडेनको निर्देशनमा यसै साता थप दुई हजार सैनिक युरोप पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने आशंका गर्दै अमेरिकाले युरोपमा आफ्नो सैनिक संख्या बढाउन लागेको हो । उत्तरी क्यालिफोर्नियाको फोर्ट ब्रागमा रहेका करिब दुई हजार सैनिक पोल्याण्ड र जर्मनीमा तैनाथ गरिने छन् । त्यस्तै, हाल जर्मनीमा रहेका एक हजार अमेरिकी सैनिकलाई रुमानिया पठाइने छ ।थप ८ हजार सैनिकलाई पनि युरोप पठाउन तयारी अवस्थामा राखिएको पनि पेन्टागनले जनाएको छ
एजेन्सी / भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ ।जवकी अघिल्लो दिन नयाँ सङ्क्रमितहरुको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकहरुको सङ्ख्या निरन्तर घट्दै गइरहेको जनाएको छ ।भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ९७ हजार ९७५ पुगेको पनि अधिकारीहर
एजेन्सी / भारतले आर्थिक वर्ष २०२२/२३ को बजेट मार्फत नेपाललाई अर्को छिमेकी मुलुक भुटानको भन्दा कम आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।भारत सरकारले ल्याएको नयाँ बजेटमा नेपाललाई १२ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख रहेको छ ।भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार प्रस्तुत गरेको केन्द्रीय बजेटमा बिभिन्न देशलाई दिने अनुदानको सुचीमा नेपाललाई नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात १२ अर्ब नेपाली रुपैयाँ अनुदानका छुट्याएको उल्लेख छ।नेपाल लगायत भुटान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स, म्यानमार, मंगोलियाका साथै अफ्रिकी देशहरु, ल्याटिन अमेरिकी देशहरु, मरिसस, सेसेल
काठमाडौँ / क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले ट्वीट गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका थिए ।उनले भने , ‘मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु ।’ साथै उनले सोही ट्विटरमा क्यानडाली नागरिकहरूलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरे ।
एजेन्सी / ल्याटिन अमेरिकी मुलुक इक्वेडरको राजधानी क्विटोमा आएको बाढीमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । उत्तरी ला गास्का जिल्लाको पहाडी क्षेत्रमा आएको पहिरोमा १५ जना घाइते भएका छन् । लेदो माटोसहितको पहिरोमा सडकमा गुडिरहेका सवारी साधन बगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । मृतकमध्ये केहीलाई करेन्ट लागेको पनि जनाइएको छ ।सोमबारदेखि राजधानीमा परेको अविरल वर्षाका कारण बाढी आएको हो । उद्धार कार्यका लागि घटनास्थलमा आपतकालीन अधिकारी र प्रहरी खटिएका छन् ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.