इजरायल - इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ ।इजरायली डिफेन्स फोर्सका अनुसार इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्। इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमा ‘पूर्व–प्रत्यारोप’ सुरु गरेको र देशभरि विशेष आपतकालको घोषणा गरिएको जनाए ।इजरायल रक्षा बलले केही इरानी सैन्य र आणविक लक्ष्यहरूमा प्रहार गरिएको पुष्टि पनि गरिसकेको छ । इरानको एक राज्य टिभीले शुक्रबार बिहान राजधानी तेहरानका क्षेत्रहरूमा ठूला विस्फोटहरू सुनिएको र स्रोत अझै पत्ता नलागेको समाचार प्रशारण गरेको थियो । यता, इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्या
अहमदाबाद — लण्डन जान लागेकी एक भारतीय युवती भूमि चौहान भीषण विमान दुर्घटनाबाट संयोगवश ज्यान जोगाउन सफल भएकी छन्। ट्राफिक जामका कारण १० मिनेट ढिला हुँदा उनी एयर इन्डिया (AI-171) को उडान चढ्नबाट छुटिन्, जुन विमान उडान केही समयमै दुर्घटनाग्रस्त भएको थियो।"मेरो शरीर अझै काँपिरहेको छ," चौहानले रिपब्लिक टिभीसँगको कुराकानीमा भनिन्, "ज्यान जोगियो भन्ने कुरा सोच्दा पनि अझै डर लागिरहेको छ।" उनका अनुसार उनी दिउँसो झन्डै १:३० बजे सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएकी थिइन्। उडान भने १:३८ बजे प्रस्थान गरेको थियो।केही मिनेटमै विमान अहमदाबाद नजिकको बस्ती क्षेत्रमा दुर्घटना भएको थियो। "म प
काठमाडौ— भारतको अहमदावादमा बिहीबार भएको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाले विश्व हवाई क्षेत्रमा तरंग फैलाएको छ। धावनमार्गबाट उडेपछि केही सेकेन्डमै जमिनमा बजारिएर दुर्घटना हुँदा दुई सयभन्दा बढीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।दुर्घटनामा चालक दलसहित २०० बढी यात्रु र करिब २०–२५ स्थानीयको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ। यो ड्रिमलाइनरको इतिहासमै पहिलो ठूलो दुर्घटना भएको बताइएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने, “यो केवल भारतको मात्रै होइन, विश्व हवाई क्षेत्रको लागि ‘ब्ल्याक डे’ हो।”नेपाल एयरलाइन्सका पूर्व क्याप्टेन केबी पौ
एयर इन्डिया विमान दुर्घटनाको त्रासदीबीच एक व्यक्तिले आफू बाँच्न सफल भएको दाबी गरेका छन्। अहमदाबादको सिभिल अस्पतालमा उपचाररत ४० वर्षीय विश्वास कुमार रमेशले उडानको अन्तिम क्षणको दर्दनाक अनुभव सुनाए।हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै उनले अस्पतालको बेडबाटै भने, ‘विमान उडेको करिब ३० सेकेन्ड मात्र भएको थियो, एक्कासी ठूलो आवाज आयो र विमान तल खस्यो। सबै कुरा यति छिटो भयो कि कसैले केही सोच्ने मौका नै पाएन।उनी भन्छन् , ‘होस खुल्दा शवहरूको थुप्रोमा थिएँ।’ सिट नम्बर ११-ए मा बसेको बताउने विश्वासका अनुसार, दुर्घटनापछि जब उनको होस खुल्यो, त्यो दृश्य कल्पना बाहिरको थियो। ‘जब म ब्यूँझिएँ, मेरो वरिपरि श
गुजरात— भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा ६१ जना विदेशी नागरिक सवार रहेको पुष्टि भएको छ। भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार तीमध्ये बेलायतका ५३, पोर्चुगलका ७ र क्यानडाका एक नागरिक थिए।विमानमा १६९ जना भारतीय यात्रुहरू तथा १२ जना क्रु सदस्यहरू रहेको जनाइएको छ। बिहीबार गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डिया ७८७ विमान केही मिनेटमै दुर्घटनामा परेको हो। विमान बस्ती क्षेत्रमा रहेको डाक्टरहरू बस्ने एक होस्टेलमा खसेको जानकारी प्रहरीले दिएको छ। सो होस्टेलमा ५०–६० जना बस्दै आएको बताइएको छ।विमानमा गुजरातका पूर्व मुख्यमन्त्र
गुजरात— भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ।उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट हालसम्म ५० जनाको शव निकालेका छन्। आगलागी नियन्त्रण र उद्धार कार्यसँगसँगै जारी रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्नेछ।घटनास्थलमा उद्धार तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। उनीहरूले आगो निभाउँदै भग्नावशेषभित्र फसेका घाइते तथा अन्य यात्रुहरूको खोजीलाई तीव्र पारेका छन्।विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु सवार थिए। लन्डनका लागि उडान भरेको केही मिनेटमै विमान दुर्घटनामा परेको थियो।
गुजरात— गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु सवार थिए ।लण्डनका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइन विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ लगत्तै दुर्घटनामा परेको हो ।अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा
काठमाडौं - अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सन् २०२६ को लागि बजेट बिनियोजन गर्न प्रस्ताव गरेको छ । यस्तो प्रस्ताबसँगै अमेरीका सरकारले गत जनवरीमा स्थगित गर्ने निर्णय गरेको उक्त परियोजना फेरी अघि बढ्ने संकेत देखिएको हो ।एमसीसीले आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरण अनुसार सन् २०२६ का लागि कुल २२ करोड़ ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । यद्यपी, एमसीसीले यसअघिको बजेटको तुलनामा भने यसपालि ठुलो मात्रामा कटौती गरेको देखिएको छ । बजेट प्रस्ताव घटेसँगै नेपाललगायत देशको कार्यक्रम प्रभावित हुने देखिएको छ ।सन् २०२५ मा एमसीसीका लागि ९३ करोड़ अमेरिकी डलर
काठमाडौं, २८ जेठ । अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि जारी विरोध प्रदर्शनका कारण साँझ ६ बजेपछि कर्फ्यु घोषणा गरिएको छ।लस एन्जलसका मेयर करेन बासले आपतकाल घोषणा गरेका छन् । उही समयमा, लस एन्जलसको डाउनटाउनका केही भागहरूमा मंगलबार बेलुका ८ बजेदेखि बुधबार (स्थानीय समय) बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको थियो। सोमबारसम्म यो प्रदर्शन अमेरिकाका १२ राज्यका २५ सहरमा फैलिएको थियो ।अमेरिकाका सान फ्रान्सिस्को, डलास, अस्टिन, टेक्सास र न्यूयोर्कजस्ता सहरहरूमा शान्तिपूर्ण प्रदर्शनहरू भएका छन्। स्थिति नियन्त्रण गर्न ट्रम्पले मंगलबार ७०० मरीन कमाण्डोसहित ४ हजार नेशनल गार्डलाई लस एन्जलसमा पठाएका थिए। सोमबार–मंगलब
इस्लामवाद, २८ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानमाथीकाे मुद्दामा आज सुनुवाई हुदैँछ ।जुन ११ मा हुने साे सुनवाइमा अल–कादिर ट्रस्ट मुद्दामा राहत मिल्न सक्ने दावी उनका समर्थकहरूले गरिरहेका छन । उनको पार्टीका शीर्ष नेताहरूले इस्लामाबाद उच्च अदालतले इमरान खान र उनकी पत्नी बुशरा बीबीको सजाय निलम्बन गर्ने याचिकाहरू यस दिन सुन्ने र उनीहरूलाई जमानत पाउने सम्भावना रहेको दावी गरेका छन् ।७२ वर्षीय इमरान खान अगस्ट २०२३ देखि अदियाला जेलमा रहेका छन् र उनीविरुद्ध धेरै आपराधिक मुद्दाहरू विचाराधीन रहेका छन्। मुख्यगरी, अल-कादिर ट्रस्ट मुद्दा यी मामिलाहरूमध्ये सब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.